२७ जेठ २०८३, बुधबार

राणाको पार्टी संकटमा, मन्त्री नबनाए विद्रोह गर्ने १० सांसदको चेतावनी

कात्तिक २०, २०७४
राणाको पार्टी संकटमा, मन्त्री नबनाए विद्रोह गर्ने १० सांसदको चेतावनी
काठमाडौं, २६ भदौ– कमल थापासँग छुट्टिएर नयाँ पार्टी बनेको राप्रपा प्रजातान्त्रिकका केही सांसदले विद्रोहको चेतावनी दिएपनि पशुपति शम्शेर राणा संकटमा परेका छन् ।

सरकारमा जानका लागि राप्रपाका अध्यक्ष कमल थापासँग विद्रोह गरेर नयाँ पार्टी गठन गरेका राणा विरुद्ध केही सांसद र केन्द्रीय सदस्यले विद्रोहमा उत्रने तयारीमा रहेका हुन् ।

पार्टीमा कुनै छलफल नगरि सुनील थापा, दीपक बोहरा र बिक्रम पाण्डेलाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउन लागिएको भन्दै उनीहरु आक्रोशित भएका हुन् ।

पशुपति शम्शेर राणाको निवास महाराजगञ्ज पुगेका १० बढी सांसदहरुले मन्त्री नवनाए राजीनामा दिन धम्की दिएको स्रोतको दाबी छ । उनीहरुले धम्की दिएसँगै नव गठित दल राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणा तनावमा परेका छन् ।

पुरानै नेतलाई मात्र मन्त्री बनाएको र पार्टीमा सल्लाह नगरेको भन्दै सइन्द्र वान्तवा, राज्यलक्ष्मी, कमलादेवी शर्मा,बबिना मोक्तान लावती लगायतका सांसद राणाको निवास विजयवास पुगेका थिए । उनीहरुले नयाँले पनि अवसर पाउनुपर्ने भन्दै मन्त्री नवनाए राजीनामा दिने चेतावनी दिएका छन् ।

पार्टी विभाजनका बेला राणालाई बलियो साथ दिएपनि लाभको पद लिने बेलामा भने सीमित टाउके नेताहरुलाई मात्रै अवसर दिएको गुनासो असन्तुष्टहरुको छ । हाल मन्त्री हुने तयारीमा रहेका बोहरालाई उपाध्यक्ष र संसदीय दलको नेता पनि बनाइएको छ भने पाण्डेपनि उपाध्यक्ष र दलको उपनेता रहेका छन् । यस्तै सुनील थापा महामन्त्री हुन् । यता अर्का महामन्त्री लामालाई पनि राज्यमन्त्री बनाइन लागिएको तर सारथीहरुलाई भने मन्त्री बनाइनुको साटो छलफल समेत नगरिएकाले आक्रोश पैदा भएको पार्टी स्रोत बताउँछ ।

लाभको पद दिइँदा पूर्व राप्रपा नेपाल पृष्ठभूमिकालाई त झन् महत्व नदिइएको एक सांसदले बताए । पार्टी विभाजन हुँदा राप्रपा नेपाल पृष्ठभूमिका ६ सांसदसहित दर्जनौं केन्द्रीय सदस्यले राणालाई साथ दिएका थिए ।

राप्रपा सांसद राज्यलक्ष्मी श्रेष्ठले पार्टीमा ८ जना महिला सांसद रहेको भएपनि एकजनालाई पनि स्थान नदिइनु दुःखद भएको बताइन् । उनले आफू पदको लागि मरिहत्ते गर्ने मान्छे नभएपनि पार्टीमा उचित सम्मान नहुँदा मन दुखेको बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्