२६ जेठ २०८३, मंगलबार

देउवाको जम्बो मन्त्रिमण्डलका नयाँ सदस्य, ठेकेदारदेखि उद्दण्ड मण्डलेसम्म !

कात्तिक २०, २०७४
देउवाको जम्बो मन्त्रिमण्डलका नयाँ सदस्य, ठेकेदारदेखि उद्दण्ड मण्डलेसम्म !
काठमाडौं २६ भदौ– प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा तीनजना मन्त्री थपिएका छन् ।
बिवादकाबीच दर्ता भएको पूर्वपञ्चहरुको पार्टी राप्रपा प्रजातान्त्रिकका तीनजना नेतालाई लिएर देउवाले सोमवार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

निर्वाचन मिति घोषणा भएर आचार संहितासमेत लागू भइसकेको सन्दर्भमा मन्त्रिपरिषद् विस्तार सर्वथा अनुचित थियो । त्यसैमाथि देउवाले राष्ट्रिय राजनीतिका विबादास्पद पात्रलाई मन्त्रिमण्डलमा भित्राएका छन् ।

संविधान संशोधन विधेयक संसद्बाट अस्वीकृत भइसकेको अबस्थामा राप्रपालाई सरकारमा सहभागि गराइ हाल्नुपर्ने बाध्यता देउवासँग थिएन् । तर विबादमा आइरहने देउवाले जम्बो मन्त्रिपरिषद्को रेकर्ड तोड्नपनि राप्रपाका केही बिवादास्पद पात्रहरुलाई मन्त्रीको उपहार दिएका छन् ।

मन्त्री हुँदा विबादमा परेका दीपक बोहोरा, सुनील थापा र विक्रम पाण्डेलाई देउवाले मन्त्री बनाएका छन् । कमल थापा नेतृत्वको राप्रपालाई फुटाएरै भएपनि मन्त्री बन्नका लागि बोहरा, थापा र पाण्डेले भूमिका खेलेका थिए ।

कस्ता छन् देउवाका नयाँ सत्तासहयात्री ?

दीपक बोहोरा

पञ्चायतकालका दीपक बोहोरा उदण्ड मण्डले थिए । उनका क्रियाकलापबाट अन्य दलका कार्यकर्ता थर्कमान हुन्थे ।

२०४६ सालमा प्रजातन्त्र आएपछि केही समय हराएका बोहोरा राप्रपाको स्थापनापछि फेरि राजनीतिमा सक्रिय भए । संसदीय व्यबस्थामा सरकार गठन, बिघटनका पात्र बनेका बोहोराले गणतन्त्रमा चार पटक मन्त्री बन्ने शौभाग्य पाए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विस्थापित गरेर बनेको माधवकुमार नेपाल सरकारमा बन तथा भूररक्षणमन्त्री बनेका बोहोरा केपी ओली सरकारमा श्रम मन्त्री बनेका थिए । ओलीलाई विस्थापित गरेर बनेको प्रचण्ड सरकारमा बोहोरा आपूर्ति मन्त्री बने ।

विगतमा वन, श्रम र आपूर्ति जस्ता ‘मालदार’ मन्त्रालयमा रजाइ गरेका बोहोरा यसपटक विज्ञान तथा प्रविधि जस्तो ‘कमसल’ मन्त्रालयमा राजी भए । बोहोरा वनमन्त्री रहेको समयमा देशभर काठ तस्करी बढेको भन्दै संसदको प्राकृतिक स्रोत साधन समितिले छानविन नै गरेको थियो ।

श्रम मन्त्री रहेको समयमा बोहोराले म्यानपावर व्यबसायीसंग साठगाठ गरेका थिए । आपूर्ति मन्त्री बनेको समयमा पनि उनले विभिन्न अनियमितता बद्मासी गरेका थिए । दोस्रो संविधानसभा चुनावमा बोहोराले रुपन्देही २ बाट चुनाव जित्दा स्थानीयले ‘भैरहवामा पञ्चायत’ फर्किएको टिप्पणी गरेका थिए ।

अव्वल ठेकेदार विक्रम पाण्डे

दोस्रो पटक मन्त्री बन्ने शोभाग्य पाउने विक्रम पाण्डे ‘क’ बर्गको ठेकेदार हुन् । मन्त्री पाण्डेको कालिका कन्ट्रक्सनले सरकारी लागतका कयौ आयोजनामा हात हालेको छ । ठेकेदारलाई मन्त्री बनाउदा स्वार्थ बाझिने भन्दै उनलाई मन्त्री बनाउन नहुने आवाज पनि उठेको थियो । उनीमाथी अमेरिकमा व्यापारको नाममा नेपालको पैसा थुपारेको आरोप लाग्ने गरेको छ । दोस्रो संविधानसभा चुनावमा उनले चितवन ५ बाट प्रत्यक्ष चुनाव जितेका थिए ।

सुनील थापा

राजनीतिमा लामो योगदान नभएपनि स्वर्गीय पिता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको अभयदान पाएर सुनीलले छोटो समयमै दुई पटक मन्त्री बन्ने सौभाग्य पाए । छोरालाई पार्टीमा स्थापित गर्नका लागि नै सूर्यबहादुर थापा नेतृत्वको राष्ट्रिय जनशक्ति र पशुपति शम्शेर राणाको राप्रपाबीचको एकिकरणसमेत लम्बिएको थियो ।
सुनील थापाले राष्ट्रसंघको जागिर छाडेर आएसँगै उनलाई पार्टीमा स्थापित गराउन सूर्यबहादुर सफल मात्रै भएनन् मन्त्री बनाउनसमते सफल भए ।

राष्ट्रंघीय खाद्य कार्यक्रमबाट अवकास पाएर राजनीतिमा आएका सुनील दोस्रो संविधानसभा चुनावमा धनकुटा २ बाट चुनाव जितेका थिए । सूर्यबहादुर थापाको जोडबलमा उनी सुशील कोइराला सरकारका बाणिज्य मन्त्री बनेका थिए । यसपटक उनले उद्योगमन्त्रीको कुर्सी हात पारेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्