२६ जेठ २०८३, मंगलबार

देशको प्रशासन बाहिरको आदेशबाट चलेको छ : पूर्वसभामुख ढुंगाना

असार १६, २०८०
काठमाडौं
देशको प्रशासन बाहिरको आदेशबाट चलेको छ : पूर्वसभामुख ढुंगाना
फाइल फोटो

पूर्वसभामुख दमननाथ ढुंगानाले संसदले बनाएको कानूनभन्दा बाहिर रहेर प्रशासन चलिरहेको दाबी गरेका छन् । ६५ औं संसद दिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

संसदले बनाएको कानूनबाट प्रशासन नचलेको बताउदै उनले संसदले यसबारेमा ध्यान दिन नसकेको आरोप लगाए ।

उनले राजनीतिक पार्टीहरू सत्ताको स्वार्थमा डुबिरहेको बताए । ‘कानून किन बनाउनुपर्ने जनप्रतिनिधिले सार्वभौम जनप्रतिनिधिले भने त्योभन्दा बाहेकको कुनै कारवाही नहोस्, प्रत्यायोजित, निर्देशिका, ऐन, कानून, नियमावली, आदेश केही पनि संसदले बनाएको विधेयक भन्दा टाढा नहोस्, त्योसँग नबाझिने होस् भनेर । तर अहिले म सुन्दैछु, संसदले एउटा कानून बनाउँछ तर अरु अरुकै आदेशबाट प्रशासन चलिरहेको छ । त्यो हेर्ने को हो ? तपाईहरु संसदले हेर्ने होइन । ल हाम्रा पार्टीलाई त सत्तामै फुर्सद भएन’ उनले भने, हुनेलाई कसरी मेरो सत्ता बचाउँ, नहुनेलाई सत्तामा जान हतारो । त्यो मात्रै छ । हाम्रो देशको राजनीतिमा अब त प्रदेशमा पनि सरिसक्यो । हामीले बनाएको कानूनलाई छल्ने गरी प्रशासनले जुन जुन आदेश गरेको छ, त्यो संसदको अपमान हो । त्यो हेर्ने को ?  हेरिरहनुभएको छ तपाईंहरूले ।’

संसद प्रभावकारी बनाउनका लागि, भ्रष्टाचार घटाउन र सरकारलाई प्रभाकारी बनाउनका लागि काम गर्न जरुरी रहेको उनले बताए । नेपालमा संविधान फाल्ने र अर्को व्यवस्था ल्याउनेतिर धेरै सोच्न जरुरी नरहेको उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्