२६ जेठ २०८३, मंगलबार

निगमको जग्गा खरिद प्रकरणका दोषीलाई कारबाही गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगिँदै

कात्तिक २०, २०७४
निगमको जग्गा खरिद प्रकरणका दोषीलाई कारबाही गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगिँदै

काठमाडौँ, २७ भदौ - आपूर्तिमन्त्री शिवकुमार मण्डलले आयल निगमको जग्गा खरिद प्रकरणमा दोषी देखिएकालाई कारबाही गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताएका छन् ।
noc 1
सञ्चार केन्द्र नेपालले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले संसदीय समितिले गरेको अनुसन्धान र सिफारिसका आधारमा उक्त घटनामा संलग्नलाई कानुनी कारबाहीका लागि प्रस्ताव लगिने जानकारी दिए ।

मुलुकमा कालाबजारी गरी उपभोक्ता ठगी गर्ने उद्योगी तथा व्यवसायीको अनुसन्धान भइरहेको बताउँदै उनले भने , “केही दिनभित्र काला बजार गरिरहेका ठूला उद्योगीलाई पक्राउ गरिने छ, प्रधानमन्त्रीले भने पनि गलत कार्य गर्नेलाई छोड्ने छैन ।”

काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले चाडबाडको समयमा अनुगमन प्रभावकारी ढङ्गले गरिने बताउँदै चलन भन्दा बढी मूल्य लिएर उपभोक्तालाई ठग्ने व्यापारीलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।

अतिरिक्त प्रहरी महानिरीक्षक जयबहादुर चन्दले शान्ति सुव्यवस्थामा खलबल पु¥याउने, कानुन मिच्ने, दुई नं काम गर्ने जो कोहीलाई पनि पक्राउ गरी कारबाहीका लागि मुद्दा चलाइने बताए ।

salt training

कमेन्ट गर्नुहोस्