२७ जेठ २०८३, बुधबार

ग्यासको खपत र आयात दुबै घट्यो

साउन १३, २०८०
काठमाडौं
ग्यासको खपत र आयात दुबै घट्यो

गत आर्थिक वर्षमा खाना पकाउने एलपी ग्यासको खपत घटेसँगै आयातमा कमी आएको छ  ।  भन्सार  विभागको  तथ्याङ्क  अनुसार  अघिल्लो वर्षको तुुलनामा आव २०७९/८० मा सात अर्ब रुपियाँ बराबरको ग्यास आयातमा कमी आएको हो ।

आव २०७९/८० मा ५८ अर्ब १५ करोड ४१ लाख १४ हजार रुपियाँको  पाँच लाख १४ हजार ३४० मेट्रिक टन एलपी ग्यास आयात भएको छ ।

गत आवमा ६५ अर्ब ५५ करोड ९७ लाख चार हजार रुपियाँ बराबरको  पाँच लाख ३५ हजार ८६५  मेट्रिक टन ग्यास आयात भएको थियो । अघिल्लो वर्षको तुुलनामा गत आवमा ग्यासको आयात परिणाम र परिमाण दुवैमा कमी आएको विभागको तथ्याङ्क छ । गोरखापत्रमा खबर छ। 

salt training

कमेन्ट गर्नुहोस्