२६ जेठ २०८३, मंगलबार

मोबाइलको क्यामरा अन नगरिकन यसरी खिच्नुस् फोटो

कात्तिक २०, २०७४
मोबाइलको क्यामरा अन नगरिकन यसरी खिच्नुस् फोटो

काठमाडौं — यहाँ हामी तपाईंलाई एउटा यस्तो ट्रिक बताउँदैछौं जसको सहायताले तपाईं मोबाइलको क्यामरा नखोलिकनै फोटो खिच्न सक्नुहुनेछ । तपाईंले जसको फोटो खिचेको वा भिडियो बनाएको हो, उसलाई थाहा पनि हुँदैन ।


पहिला गूगल प्लेस्टोरबाट स्पाई क्यामरा ओएस ३ एप डाउनलोड गर्नुस् । यसलाई इन्स्टल गरेपछि तपाईं सजिलै युज गर्न सक्नुहुनेछ ।

यसमा भएको सेटिङले तपाईंलाई एप नै फोनबाट हाइड गर्न र यसबाट खिचिएको फोटो र भिडियोलाई फोनको ग्यालरीबाट लुकाउन सहयोग गर्छ । एपको राम्रो पक्ष भनेको यसलाई मिनिमाइज गरेर प्रयोग गर्न मिल्छ । यसो गर्दा कसैले तपाईंको फोन नै हेरेछ भने पनि भिडियो वा फोटो खिचेको थाहा पाउँदैन ।

प्लेस्टोरबाट एप डाउनलोड गरेपछि परमिसन अलाउ गर्नुस् । एप ओपन हुन्छ ।

एपमा तपाईंले धेरैथरी अप्सनहरू देख्नुहुनेछ । क्याप्चरको अप्सनमा ट्याप गरेर फोटो खिच्न सक्नुहुनेछ । भिडियो खिच्ने हो भने भिडियो बटनमा ट्याप गर्नुस् ।

खिचिएका फोटा र भिडियोहरू ग्यालरीमै सेभ हुन्छन् । ग्यलारीमा एससीओएस नामक फोल्डर बन्छ ।

फोटो खिच्नका लागि बारम्बार ट्याप गर्न मन लाग्दैन भने अटो सेलेक्ट थिच्नुस् । यसो गर्दा हरेक दुई सेकेन्डमा फोटो खिच्न सक्नुहुनेछ । स्विचमा ट्याप गरेर तपाईं फ्रन्ट र ब्याक क्यामरा चेन्ज गर्न सक्नुहुनेछ ।

मिनिमाइजमा ट्याप गर्दा यो एप नै मोबाइलमा देखिँदैन । तपाईंले भोलुम बटनमा थिचेर फोटो तथा भिडियो पनि बनाउन सक्नुहुनेछ ।

राइट साइडमा रहेको सेटिङमा ट्याप गर्नुस् । त्यहाँ हाइड स्पाईक्यामरा फोल्डर इन ग्यालरीमा थिचेर फोल्डरलाई ग्यालरीमा लुकाउन सक्नुहुनेछ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्