
बर्दियामा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गेरूवा गाउँपालिका ६ नौरंगाका २१ वर्षीय रविन थारू र १६ वर्षीय एक किशोर रहेका छन् ।
उनीहरूले ती बालिकालाई मसानघाटको ओत लाग्ने टहरोमा बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो । सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय पाताभारमाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।