×

NIC ASIA

एउटा बिरामी कहिले धामीकहाँ जान्छ, कहिले झाँक्रीकहाँ पुग्छ, कहिले वैद्यकहाँ धाउँछ । ऊ समयमै योग्य डाक्टर कहाँ नजाँदाको परिणाम जीवन नै जोखिममा पर्छ । अन्ततः डाक्टरसम्म पुग्दा उसको मृत्यु भइसक्छ । यसरी ऊ थाहै नपाई अनेक गुण भएका निदानकर्ताको प्रयोगशाला बन्छ र आफैं सकिन्छ । हाम्रा विपन्न बस्तीहरूले यस्तो पीडा निरन्तर भोग्दै आएका छन् । हो, यस्तै शैलीको राजनीतिक प्रयोगशालाको सिकार सिंगो मुलुक विगत लामो समयदेखि भइरहेको छ ।

Muktinath Bank

बेलैमा सही उपचार गर्ने व्यक्ति नचिन्दा जसरी एउटा बिरामीको इहलिला समाप्त हुन्छ, त्यसरी नै मुलुक बनाउने एउटा शक्ति तयार नहुँदा जनताले दुःख व्यहोर्नुपर्ने रहेछ । अनेक अनुहारहरूको राजनीतिक प्रयोगशालाले देश नै कुपोषणको सिकार हुने रहेछ । राजनीतिका नाममा उदाएका ऐंजेरुहरू उपयोगवादको मायवी जालमा पार्न निकै सिपालु हुने रहेछन् । २००७ सालदेखि जन्मिएका अनेकौं राजनीतिक स्टन्टबाजको महासिकार बनेको नेपाल आजपर्यन्त उस्तै सिकारीहरूको निशानामा छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आउनुहोस्, इतिहासदेखि वर्तमानसम्म चलेका नयाँ खाले स्टन्टबाजले नेपाली राजनीति कति दुर्गन्धित बनाए अनि मुलुक कसरी बर्बादीतर्फ धकेलियो भन्ने विषयमा संक्षेपमा चर्चा गरौं । 


Advertisment
Nabil box
Kumari

वि.सं. २००७ सालमा प्रजातन्त्र आएपछि रंगीविरंगीवाद, आयातित सिद्धान्त, बहुरूपी अनुहार र हुल्लडबाजहरूको हारालुछले थिलिएको नेपाल अहिलेसम्म मुर्छित अवस्थामा छ । राजनीतिक परिवर्तन गर्ने नाममा हरेक कालखण्डमा नेपालले स्टन्टबाजहरूलाई झेल्नु परेको छ । राजा महेन्द्रको शासनकालको थोरै समयबाहेक नेपालले अनेक राजनीति स्टन्टबाजहरू देखिसकेको छ । 

Vianet communication

७३ वर्षदेखि चलेको यो स्टन्टबाजी अहिले आएर एकथरि नयाँ अनुहारहरूमा ठोक्किएको छ । गफको भारी बोकेर हिँडेका नयाँ राजनीति शक्तिहरूले अन्नको भकारी भनेर झुक्याइरहेका छन् । यिनले स्वास्थ्य शिविर चलाए, तर गतिलो अस्पताल चलाएनन् । बिरामीलाई फलफूल बाँडे, तर बगैँचा निर्माण गरेनन् । एक झोला चामल वितरण गरे, तर अन्न उत्पादन गरेनन् । शिक्षाका पर्चा छरे, तर कहिल्यै किताब बाँडेनन् । गरीबका नाममा पैसा उठाए, आधा झ्वाम पारे, तर गतिलो काम दिएनन् ।

यी यस्ता भ्रष्ट आचरण हुन्, जसको कुनै मापन नै छैन । कमजोर वर्गको समाजलाई बहकाउन निकै सजिलो हुन्छ, आहारा छरिदियो, समर्थन जुटायो । यस्ता अनगिन्ती नक्कली कामहरू पुराना दलबाट नयाँ शक्तिहरूमा सरिरहेको छ र सँगसँगै हुँइकिइरहेको छ । यस्ता स्टन्टबाजले पटक–पटक मुलुक थचारिएको छ । तीव्र रूपमा हुर्किएका यी नौटंकीबाजहरू कहिले रोकिने हुन्, पत्तो छैन ।

७३ वर्षदेखि चलेको यो स्टन्टबाजी अहिले आएर एकथरि नयाँ अनुहारहरूमा ठोक्किएको छ । गफको भारी बोकेर हिँडेका नयाँ राजनीति शक्तिहरूले अन्नको भकारी भनेर झुक्याइरहेका छन् । यिनले स्वास्थ्य शिविर चलाए, तर गतिलो अस्पताल चलाएनन् । बिरामीलाई फलफूल बाँडे, तर बगैँचा निर्माण गरेनन् । एक झोला चामल वितरण गरे, तर अन्न उत्पादन गरेनन् । शिक्षाका पर्चा छरे, तर कहिल्यै किताब बाँडेनन् । गरीबका नाममा पैसा उठाए, आधा झ्वाम पारे, तर गतिलो काम दिएनन् ।

हिजो र आजको स्टन्टबाज

२०६३ साल मंसिर अन्तिमतिरको कुरा हो, चितवनमा तत्कालीन माओवादीले सांग्ले जुलुस निकालेको थियो । भर्खर युद्ध छाडेर शिविरमा एकत्रित भएका माओवादी लडाकूहरू सांग्ले जुलुसमा सहभागी हुन राजमार्गमा उत्रिएका थिए । लडाकूको मुख्य शिविर चितवनकै शक्तिखोरमा थियो । चितवनका घर–घरबाट सारा मानिसहरू जुलुसमा सहभागी थिए ।

त्यो जुलुस यति लामो र ठूलो थियो कि भरतपुरदेखि भण्डारासम्मको करीब ३० किमी पूर्वपश्चिम राजमार्ग भरिभराउ थियो । राजमार्गका चोकचोकमा माओवादी नेताहरूले भाषण गर्थे । सोही प्रदर्शनलाई सम्बोधन गर्दै तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए, ‘हामी सधैँ जनताकै बीचमा हुनेछौं । जनताको दुःखसुखमा सँगै हुनेछौं । साधारण कपडा लगाउनेछौं । जनताका खेतमा काम गर्नेछौं र विलासी जीवन बिताउने छैनौं,’  उनको भाषणको सारसंक्षेप यस्तै थियो । 

केही दिन त माओवादी नेताहरूले किसानका खेतमा पुगेर काम पनि गरे । नेताहरूले साधारणखालका खाकी कपड लगाएर भाषण गर्दै हिँडे । स्वंय प्रचण्डले पनि नेपालमै बनेको सस्तो खाकी कपडाको पोशाक लगाए । यो देखेर चितवनका बासिन्दा प्रभावित भए । यो प्रभाव देशभर फैलियो । अन्ततः एक वर्षपछि भएको चुनावमा माओवादीले अत्यधिक भोट ल्यायो र प्रचण्ड प्रधानमन्त्री भए ।

देशभर उर्लेको जनउभारबाट प्राप्त भोटले जब माओवादीले सरकार बनायो, अनि उसले आफ्ना अतीतका वाचा बिर्सियो । माओवादीका नेताहरू कमाउ धन्दामा लागे । प्रचण्ड अनेक विदेशी पोशाकबाट सर्वाधिक चिटिक्क बन्दै गए । प्रचण्ड र उनको पार्टीका नेताहरू विलासी जीवनशैलीमा रुपान्तरित भए । आजसम्म त्यो निरन्तर जारी छ । यो सबैले देखेकै विषय हो । अनेकन नाटक गर्दै सत्ता हातमा लिएको माओवादी पहिलेका दलभन्दा राम्रो बन्न सकेन, किनकी उसले शुरूमा ‘स्टन्ट’ मात्र गर्न खोजेको रहेछ ।

‘स्टन्ट’ अंग्रेजी शब्द हो । तर, यसलाई नेपाली भाषामा पनि सजिलै बुझिन्छ । कसैले देखाउने नौटंकी वा असामान्य क्रियाकलापलाई ‘‘स्टन्ट’’ भनिन्छ । पछिल्लोपटक अनेक स्टन्टबाज चितवनतिरै सोझिएका छन् । चितवन कुनै समय ‘तोरी र छोरी’को नामले कहलिएको जिल्ला हो । प्लटिङले तोरी उत्पादन खुम्चिंदै गयो । तर, छोरीहरूको सक्षमता मजबुत छ । महिलाका लागि खुला समाज र सुरक्षित जिल्ला हो, चितवन । सार्वजनिक बसमा यात्रा गर्दा हिंसा व्यहोर्नुपर्ने अवस्था छैन ।

महिलाका लागि मात्र सार्वजनिक सवारी सडकमा गुड्दा समाजमा कल्पनै नगरेको लैंगिक भिन्नतालाई मलजल मिल्छ । यसले चितवनमा महिलाहरूले एक्लै बसमा यात्रा गर्न नसक्ने भाष्य तयार भएको छ । समाजमा महिला र पुरुषबीचको दूरीलाई दुरगामी रूपमा बढाउनेछ । छिटफुट हिंसा विकसित मुलुकमा पनि हुन्छन्, तर सिंगो समाज महिला हिंसाबाट पीडित छ भन्ने चित्रण तयार गर्दा यसले स–साना बालबालिकामा नकारात्मक छाप पार्छ ।

विश्वमा जहाँ महिलाका लागि मात्र सार्वजनिक सवारी चलेका छन्, त्यहाँको समाज सहनै नसक्ने हिंसामा भासिएका छन् । उदाहरणका लागि दिल्लीलाई हेरौं । दिल्लीमा सार्वजनिक सवारीमा एक्लै महिलाले यात्रा गर्न सक्दैनथे । दिनहुँ कुनै न कुनै हिंसाका घटना सार्वजनिक हुन्थे । त्यही हिंसालाई निराकरण गर्न महिलाका लागि निःशुल्क बस सेवा शुरू गरिएको हो । अरबी मुलुकहरूमा पनि यस्तो मापदण्ड राखिएको हुन्छ । तर, हाम्रोजस्तो खुल्ला समाज र स्वतन्त्रता, समानता र लैंगिक अधिकार भएको मुलुकमा यस्तो तरिका एक खास ‘स्टन्ट’ हो । महिला–पुरुषको दुरी बढाएर हिंसा घट्ने होइन । भौतिक रूपमा दुरी बढ्दै जाँदा लैंगिक भिन्नताले भेदभावको रेखा कोर्दै जानेछ । 

अर्को विषय हेरौं, चितवनको समथर भूभागमा घुम्ती मेडिकल शिविर पनि ‘स्टन्ट’ हो । हरेक व्यक्ति सामान्य स्वास्थ्य जाँच गर्न अस्पताल पुग्न निकै सुविधाजनक जिल्ला हो, चितवन । आखिर, घुम्ती शिविरले ठूला रोगको निदान गर्ने पनि होइन ।  चितवन मेडिकल सिटी हो र हरेक स्थानमा अस्पताल बग्रेल्ती छन् ।  सरकारी अस्पताल पुग्न पनि कुनै असुविधा छैन ।

चितवनका हरेक स्थानबाट अस्पताल आउजाउ गर्न निकै सुविधा छ । पहाडी क्षेत्रका बासिन्दालाई भने कठिनाइ छ । अतः जनताका नाममा तयार गरिएका यस्ता सुविधा उपयोगमूलक हुन् वा प्रचारमुखी मात्र हुन् भन्ने व्यावहारिक पक्ष नबुझ्दा त्यो ‘स्टन्ट’ मात्र हुन पुग्छ । जहाँ खोला छ, त्यहाँ कुलो पुर्‍याउँदा ‘स्टन्ट’ हुन्छ । तर, जहाँ सुख्खा छ, त्यहाँ सिँचाइ पुर्‍यायो भने त्यो विकास हुन्छ । 

के होइन स्टन्टबाज ?

सन् १९३९ अक्टोबरमा एकदिन बेलायती महारानीले जुद्ध शमशेरलाई एउटा चिठी पठाइन् । चिठीमा लेखिएको थियो, मित्रराष्ट्रको नाताले आज म यो अनुरोध गर्छु कि गोरखा सेनाको बहादुरी ब्रिटेनलाई आवश्यक परेको महसूस गरेकी छु ।’

लगत्तै राणा प्रधानमन्त्री जुद्ध शमशेरले भारदारहरूको बैठक राखे । अन्ततः बेलायतलाई सहयोग गर्न गोर्खाली सेना जर्मनीविरुद्ध लड्न जान तयार भयो । यसरी, दोस्रो विश्वयुद्धमा जुद्ध शमशेरले नेपालको पक्षधरता कूटनीति स्पष्ट देखाएपछि बेलायतले ठूलो आर्थिक सहयोग गरेको थियो । यो कुनै गुलामीले आएको सहयोग थिएन, बहादुरी देखाएको प्रतिफल थियो ।

आजसम्म तपाईं हामीले उपयोग गर्दै आएका स्कूल, कलेज, सडकलगायतका संरचना जति जीवित छन्, यी सबै जुद्ध शमशेरको पालाका योगदानहरू हुन् । त्यति मात्र नभई, उनकै पालामा कृषिमा आर्थिक क्रान्ति नै आएको थियो । नेपालले तेस्रो मुलुकसम्म कृषि उत्पादन निर्यात गर्थ्यो । शिक्षा र स्वास्थ्यमा जुद्ध शमशेरले नै क्रान्ति ल्याएका थिए ।

ठूलो दल हुनु र सरकार चलाउनु मात्र सफलता होइन । यसको गतिलो राजनीति शिक्षा २०६४ सालको चुनावी परिणाम हो । त्यतिबेला कांग्रेस र एमालेको सीट जोड्दा पनि माओवादी एक्लैको सीट संख्या बढी थियो । तर, विगतमा देखाएको ‘स्टन्ट’कै कारण न माओवादीले सरकार चलाउन सक्यो, न त्यसपछि ठूलो दलका रूपमा टिक्यो । 

विश्वमै पहिलोपटक १० कक्षा पास गर्ने हरेकलाई अनिवार्य रोजगारी जुद्ध शमशेरले नेपालमा शुरूआत गरेका थिए । त्यसपछि उनैले मैट्रिकस्तरको पढाइ सञ्चालनमा ल्याए । उनको पालामा कोही बेरोजगार  बस्न नपरेको इतिहासमा उल्लेख छ । हो, यो कुनै स्टन्टबाजी थिएन । यही हो, अहिले नेपाली जनताले खोजेको । जुद्ध शमशेरको राजनीति अर्को पाटो हो । त्यो विषय यहाँ उल्लेख गर्न खोजेको होइन । हो, १०४ वर्षको राणा शासनले मुलुक एउटै परिवारको निगाहमा चलेको थियो । भलै निरंकुश शासन भए पनि नेपाल विश्वमै आर्थिकस्तर, रोजगार र उत्पादनमा अब्बल थियो । 

अन्त्यमा, मुलुक र जनतालाई आवश्यकता के हो भन्ने कुरा गहिराइमा पुगेर बुझ्नु नै असल शासकको गुण हो । भोलि सरकार चलाउने उद्देश्य बोकेका दलहरूले अहिले नै स्टन्टबाजी देखाउन शुरू गर्दा भविष्यमा विश्वसनीयता समाप्त हुन्छ । सस्तो लोकप्रियताबाट उचालिएको ऊर्जा क्षणभरमै समाप्त हुन्छ भन्ने बिर्सन हुँदैन । यस्ता क्रियाकलापले बहुमत ल्याएर सरकारमा पुर्‍याउला, तर सफल भने बनाउँदैन । 

ठूलो दल हुनु र सरकार चलाउनु मात्र सफलता होइन । यसको गतिलो राजनीति शिक्षा २०६४ सालको चुनावी परिणाम हो । त्यतिबेला कांग्रेस र एमालेको सीट जोड्दा पनि माओवादी एक्लैको सीट संख्या बढी थियो । तर, विगतमा देखाएको ‘स्टन्ट’कै कारण न माओवादीले सरकार चलाउन सक्यो, न त्यसपछि ठूलो दलका रूपमा टिक्यो । 

‘स्टन्ट’ त्यस्तो विष हो, जुन शुरूमा गुलियो हुन्छ र अन्तिममा आफैंलाई खतम बनाएर छाड्छ । त्यसैले अबको राजनीति ‘स्टन्ट’का सिँढी चढेर होइन, यथार्थको धरातलमै टेकेर उभिनुपर्छ ।

अन्यथा, कुनै बेलाको चर्चित चुरेभावर राष्ट्रिय पार्टीको नियति नहोला भन्न सकिन्न । त्यो पार्टी उदाउँदा फैलिएको चर्चा चार वर्षमै बिलाएर गएको ताजै अनुभव छ । सामाजिक सञ्जालको आडमा बुर्कुसी मार्दै स्टन्टबाजी गर्दा ढिलोछिटो सत्यतथ्य कुरा बाहिर आएपछि तिनै सञ्जालकर्ताले खेद्नेछन् भन्ने त ‘एक्स माओवादी’ नेता बाबुराम भट्टराई नै उदाहरण हुन् नि !

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x