२७ जेठ २०८३, बुधबार

गाँजा खेती नष्ट गर्न घर–घरमा प्रहरी

साउन २१, २०८०
काठमाडौं
गाँजा खेती नष्ट गर्न घर–घरमा प्रहरी
फाइल फोटो

झापाको बाह्रदशी गाउँपालिकामा हुँदै आएको गाँजा खेती प्रहरीले घरघर पुगेर नष्ट गरेको छ । ​

बाह्रदशी गाउँपालिका–७ स्थित डाँगीवारी आसपासमा हुने गरेको गाँजा खेती प्रहरीले नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय घैलाडुब्बाको प्रहरीको टोलीले विशेष सूचनाका आधारमा गाँजा खेती नष्ट गरेको बताइएको छ । 

इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रहरी निरीक्षक निराजन कटुवालको नेतृत्वमा गएको प्रहरी टोलीले स्थानीय जनप्रतिनिधिको रोहवरमा गाँजा खेती नष्ट गरेको हो । औषधिका लागि भन्दै त्यस क्षेत्रका स्थानीयवासीले गाँजा खेती गर्दै आएको इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रहरी निरीक्षक कटुवालको भनाइ छ । ​

विशेषगरी आदिवासी समुदायले करेसाबारीमा गाँजा खेती गर्ने गरेको र लुकीछिपी सेवन तथा बिक्री वितरण गर्ने गरेको बताइएको छ । गाउँमा गाँजा खेती हुने गरेको र युवा गाँजासहित लागुऔषधको लतमा फस्न सक्ने जोखिम बढेको भन्दै प्रहरीलाई विशेष सूचना आएसँगै अभियान नै चलाएर बाह्रदशी गाउँपालिका क्षेत्रमा गाँजा खेती नष्ट गरेको प्रहरीले जनाएको छ । 

पछिल्लो समय युवा पुस्ता कुलतमा फस्ने क्रम बढेसँगै स्थानीयवासीले समेत प्रहरीलाई लागुऔषध दुर्व्यसन र गाँजा खेती न्यूनीकरणमा सहयोग पुर्‍याउँदै आएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्