२६ जेठ २०८३, मंगलबार

स्थलगत : दुई नम्बर प्रदेशमा कुन दलको कति हैसियत ?

कात्तिक २०, २०७४
स्थलगत : दुई नम्बर प्रदेशमा कुन दलको कति हैसियत ?
सप्तरी ३० भदौ– मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा)को विरोधका कारण प्रदेश नम्बर दुईमा वैशाख ३१ र असार १४ गते हुन नसकेको स्थानीय तहको चुनाव असोज २ गते हुँदैछ ।sthalgat

केही हप्ता पहिलेको बाढीको पीडा विर्सेर मधेसका जनता चुनावमा होमिएका छन् । दुई दशकपछि हुन लागेको स्थानीय तहको चुनाव मधेसका जिल्लामा राष्ट्रिय चाडको रुपमा लागेको छ ।
पूर्व–पश्चिम राजमार्ग दलहरुका झण्डाका तुल तथा चुनाव चिन्ह अंकित रुखले सिंगारिएका छन् । महेन्द्र राजमार्गमा मुख्य तीन दलको उपस्थिति देखिन्छ भने दुई दशकदेखि अलपत्र हुलाकी राजमार्गमा मधेस केन्द्रित दलहरुको उपस्थिति बलियो देखिन्छ ।

बाराको पथलैयादेखि धनुषाको ढल्केवरसम्मको राजमार्गमा एमालेका झण्डा धेरै देखिन्छन् । ढल्केवारदेखि पूर्वमा कांग्रेस, माओवादी र विजयकुमार गच्छदारको पार्टी नेपाल लोकतान्त्रिकको प्रचार बढी देखिन्छ ।
दुई नम्बर प्रदेशमा पहिलो पार्टी बन्ने महत्वकांक्षा बोकेर चुनावमा होमिएको राजपाको भने झण्डा र ब्यानर तुलनात्मक रुपमा कम देखिन्छ ।

पहिलो दल बन्ने कांग्रेसको दाबी
सरकारको नेतृत्व गरिरहेको र चारवर्ष अघि सम्पन्न संविधनसभा चुनावमा पहिलो पार्टी बनेको संसदको पहिलो दल नेपाली कांग्रेसले दुई नम्बर प्रदेशमा एकसय सिट जित्ने दाबी गरेको छ । दुई नम्बर प्रदेशमा पहिलो दल बन्नका लागि कांग्रेसले पार्टीका शीर्ष नेतालाई तराईमा खटाएको छ ।21586282_1558586617525552_2088839816_n

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आफैं चुनावी सभालाई सम्बोधन गर्न तराइको दौडाहामा निस्किए ।
कांग्रेसले दुई नम्बर प्रदेशमा एकसय सिट जित्ने दाबी गर्दै आएको छ । ‘बाहिर भन्ने कुरा बेग्लै भयो, ५८ देखि ६२ स्थानीय तहमा चुनाव जित्ने आँकलन छ’ तराईमा खटिएका एक कांग्रेस नेताले लोकान्तरसँग भने ।
प्रधानमन्त्री देउवाले तराईको विकासका लागि कांग्रेसले चुनाव जित्नु पर्ने भाषण गर्दै हिँडेका छन् ।

मधेसमा पनि पहिलो बन्ने एमाले दाउ
अन्य प्रदेशमा जस्तै दुई नम्बरमा पनि स्थानीय तहको चुनावमा पहिलो बन्ने एमाले दाउ देखिन्छ । विपक्षीहरुले एमालेलाई ‘मधेस विरोधी’पार्टीको रुपमा प्रचार गरिएपनि दुई नम्बर प्रदेशमा पनि एमाले पहिलो पार्टी बन्ने नेताहरु दाबी गर्छन् ।21744691_10211911146586887_2087106807_n

खासगरी राजमार्ग क्षेत्रमा एमाले बलियो देखिन्छ । अध्यक्ष केपी ओलीले शुक्रबार दुइ नम्बर प्रदेशका सभाहरुलाई सम्बोधन गर्दै एमाले पहिलो पार्टी बन्ने दाबी गरेका थिए ।

बाहिर प्रचार गरिएजस्तो त्यति कमजोर भने छैन एमाले । न त एमालेले भनेजस्तो बलियो नै । ‘जतिसुकै कमजोर भनेपनि एमालेको पोजिसन दोस्रो नै हो’ सिराहाको मिर्चैयामा भेटिएका बुद्धिजिवी राजनारायण यादव बताउँछन् ।
एमालेले गरेको मेची महाकाली राष्ट्रिय अभियानको क्रममा झडप भएको सप्तरीको राजविराज क्षेत्रमा एमालेले शुक्रवार दिउँसो उल्लेख्य सहभागिता सहित र्याली निकालेको थियो ।

माओवादी कसरी बन्ला पहिलो ?
दुई नम्बर प्रदेशमा पहिलो दल बन्ने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही समयदेखि तराईमै केन्द्रीत छन् । प्रचण्डले तराईका जिल्ला सदरमुकाममा ‘मर्निङ वाक’ गर्दै स्थानीयहरुसंँग भलाकुसारी गर्ने गरिरहेका थिए ।21624201_10211911124266329_1093526956_n
दुई नम्बर प्रदेशमा पहिलो पार्टी बन्ने दाबी गरेपनि माओवादीको भित्रि आंकलन पहिलो र दोस्रो चरणको चुनावमा जस्तै मधेसमा पनि तेस्रो पार्टी बन्ने रहेको बताइन्छ ।

‘आधार इलाका’मा राजपा कमजोर ?
मधेस केन्द्रित राजपाले दुई नम्बर प्रदेशमा पहिलो पार्टी बन्ने बताउँदै आएको छ । राजपाकै विरोधका कारण वैशाख ३१ गतेको चुनाव असोज २ सम्म धकेलिएको हो ।
21623910_10211908455919622_1483842630_n
‘ढिलोगरी चुनावमा जाने निर्णय गरेपनि मधेसमा रापजा पहिलो पार्टी बन्छ, पर्सादेखि सप्तरी सम्मको माहौल हाम्रो पक्षमा छ’ राजपा महासचिव मनिष कुमार सुमनले शुक्रवार अपरान्ह सप्तरी सदरमुकाम राजविराजमा लोकान्तरसँग कुरा गर्दै भने, ‘जनता परिवर्तनको पक्षमा छन्, राजपाका उम्मेदवारहरु फराकिलो मतअन्तरले विजयी हुन्छन् ।’

राजपा महामन्त्री मनिषले राजपापछि मधेस केन्द्रित दलकै पक्षमा माहौल रहेको दाबी गरे । ‘मधेसवादी दलको पक्षमा माहौल छ, माओवादीलाई पनि जनताले परिवर्तन पक्षधर भनेर समर्थन गरेका छन्’ उनले दाबी गरे ।

नेता सुमनले कांग्रेसको स्थिति खस्किएको र एमाले ‘अघोषित रुपमा प्रतिबन्धित’ रहेको दाबी गरे ।
उनले पार्टीले ढिलोगरी चुनावमा जाने निर्णय गरेका कारण अन्य दलको जस्तो भड्किलो प्रचार शैली नभएको बताए ।
‘सत्तारुढ दलहरुले पैसाको खोलो बगाएका छन्, मतदाता प्रभावित गर्न उपहार घरघरमा पुराएका छन्’ महासचिव सुमनले भने, ‘हाम्रा उम्मेदवारसँग भने झण्डा छाप्ने पैसा पनि छैन, केन्द्रले केही सहयोग गर्न सकेको छैन ।’

देखिएन राप्रपा र नयाँ शक्तिको उपस्थिति
प्रमुख तीन दल र राजपाका अतिरिक्त विजयकुमार गच्छदारको फोरमले तराईका जिल्लामा भड्किलो प्रचार गरिरहेको छ । ढल्केवरदेखि पूर्वको राजमार्गमा लोकतान्त्रिक फोरमका तुल र झण्डा बढी देखिन्छन् ।
21769863_10211911144906845_2011813841_n
तराइमा बलियो भनिएको संघीय समाजवादी फोरम नेपालले पनि चुनाव प्रचार प्रसारलाई तीब्रता दिएको छ । यसअघि संसदको चौथो ठूलो दल रहेको राप्रपा तथा नयाँ शक्ति पार्टीको भने खासै प्रभाव देखिएको छैन ।

असोज २ गते हुन गइरहेको स्थानीय तहको चुनावलाई राजनीतिक दलहरुले मंसिर २१ गते हुन गइरहेको प्रदेश र संसदको चुनावको पूर्व तयारीको रुपमा लिएको विश्लेषण मधेसमा भएको पाइन्छ । स्थानीय जनता भने भोट हाल्न आतुर दखिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्