२६ जेठ २०८३, मंगलबार

सांसद सुनिल शर्माको आईएस्सीको प्रमाणपत्र नक्कली : सीआईबी

साउन २५, २०८०
काठमाडौं
सांसद सुनिल शर्माको आईएस्सीको प्रमाणपत्र नक्कली : सीआईबी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सांसद सुनिल शर्माको प्रविणता प्रमाणपत्र तह विज्ञान संकाय (आईएस्सी) को प्रमाणपत्र नक्कली भएको जनाएको छ ।

बिहीवार सांसद शर्मा पक्राउबारे सीआईबीले प्रतिनिधिसभा सभामुखलाई लेखेको पत्रमा आईएस्सीको शैक्षिक प्रमाणपत्र सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डबाट अपुष्टित (नन भेरिफाइ) भनी लेखिआएको उल्लेख छ ।

शैक्षिक प्रमाणपत्र प्रमाणीकरण सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरको २०७९/०४/०५ गतेको पत्रबाट सुनिलकुमार शर्माको कैफियतमा अपुष्टित लेखी आएकोले पक्राउ गरिएको सीआईबीले जनाएको छ । उनीमाथि फौजदारी कसूरको अनुसन्धान भइरहेको पत्रमा उल्लेख छ ।

सीआईबीले कतिपय चिकित्सकहरूले नक्कली प्रमाणपत्रहरू पेश गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकोले छानबिनका सिलसिलामा उनलाई पक्राउ गरिएको जनाइएको छ । शर्मा बिहीवार आफ्नै निवास गोल्फुटारबाट पक्राउ परेका हुन् । 

null
 

salt training

कमेन्ट गर्नुहोस्