×

विदेशको सीप स्वदेशका लगाउँदा मनग्य आम्दानी

बाग्लुङ | साउन २९, २०८०

रोजगारीका लागि ‘ईपीएस भीषा’मा कोरिया गएका गमबहादुर कुँवरले त्यहाँमा बाख्रापालन गरेको देखेर आफ्नो गाउँठाउँ सम्झिए । उनले मनमनै व्यवसाय सञ्चालन  गर्ने सोच बनाए ।

५ वर्ष कोरियामा काम गरेर फर्किएपछि उनले आफ्नै गाउँमा बाख्रापालन व्यवसाय थाले । बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीको ज्यामिरे गाउँका कुँवरले  नमूना बाख्रा फार्म सञ्चालन गरेर मनग्य आम्दानी मात्रै गरेका छैनन्, अध्ययन अवलोकनका लागि विभिन्न मानिस समेत भित्र्याइरहेका छन् ।


Advertisment

‘ज्यमिरे गाउँमा ८० घर छन् तर ४० घरमा मानिस बस्दैनन् धेरैले गाउँ छोडेर खेतबारी बाँझै छोडेर गए, मलाई त्यही बाँझो बारीले बाख्रापालन गर्न सघाएको छ,’ उनले भने, ‘४०० रोपनी जग्गा आफ्नै छ, गाउँलेको खेतबारी र वनको १ हजार २०० रोपनी जग्गाको घाँस काट्छु, घाँसमा आधारित भएर बाख्रापालन गर्दा आधा नाफा हुँदो रहेछ, गत वर्ष ९० लाख रुपैयाँको बोका, बाख्रा र पाठापाठी बिक्री गरे, ४५ लाख रुपैयाँ नाफै भयो, बसाइँसराइँले उजाडिएको ज्यामिरे गाउँ हरियाली भएको छ, ४/५ घर त मैले फार्मकै लागि प्रयोग गर्दै आएको छु ।’


Advertisment

विक्रम संवत् २०७४ सालमा १० बाख्राबाट उनले शुरू गरेको बाख्रापालन अहिले पहाडी जिल्लामै नमूना बाख्रा फार्मको रूपमा लिइएको छ । उनको साहारा बाख्रा फार्ममा अहिले ४०० बोका, बाख्रा र पाठापाठी रहेका छन् । ८ ब्लकमा छुट्टाछुट्टै आधुनिक बाख्राको खोर रहेको जनाउँदै व्यवसायी कुँवरले अहिले १६० माउ मात्रै ब्याउने रहेको जानकारी दिए ।

२ आधुनिक खोरमा ब्याउने बाख्रा, केही खोरमा पाठापाठी सहितका बाख्रा, ३  खोरमा पाठापाठी र ३ खोरमा बिक्रीका लागि तयारी बोका राखिएका छन् । अहिले ५० बोका बिक्रीका लागि तयारी हुन लागेको उनको भनाइ छ । 

कुँवरकै नेतृत्वमा गलकोट नगरपालिकाका ११ वडा समेटिएको बाख्रा पकेट क्षेत्रसमेत घोषणा गरिएको छ । गत वर्ष नै ३१ बाख्रा फार्मका लागि खोर सुधार योजनाअन्तर्गत १/१ लाखका दरले अनुदान प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत वितरण गरिएको छ । 

यस वर्ष भने बोका बिक्री थोरै हुने जनाउँदै उनले ६० बाख्राको एकैसाथ गर्भ तुइएकाले समस्या भएको सुनाए । ‘यस वर्ष जम्मा ७ लाखको बोका बाख्रा बिक्री गरें, यस वर्ष समग्रमा ४० लाख रुपैयाँको कारोबार गर्न मुस्किल छ, किसानलाई यस्तो समयमा फार्म धान्नै समस्या हुन्छ, ६० बाख्राको गर्भ नतुहिएको भए अहिले ५०० बढी बाख्रा–पाठा हुन्थे,’ उनले भने, ‘अहिले निकै अनुभव भइसक्यो, हटियाको मासु पसल बन्द गरेर अहिले घरमै मासु पसल सञ्चालनमा ल्याएको छु, १० केजीभन्दा माथि खसी तथा बोकाको मासु अर्डर भएमा घरमै पुर्‍याइदिन्छु, दाना खरिद गर्न, बोकाको बजारीकरण गर्न र घाँस बोक्नको लागि आफ्नै पिकअप जीपसँगै १० जनालाई प्रत्यक्ष रोजगारी दिएको छु ।’

उनले बाख्रापालन व्यवसायसँगै कामदार परिचालन गरेर १ हजार कागतीका बिरुवा, २६१ ओखर र ४० सुन्तलाका बिरुवा यस वर्ष नै रोपेको बताए । कुँवरले ४० रोपनी जग्गामा मात्रै खुर्सानी खेती गर्दै आएको सुनाए । १० जना कामदारले घाँस काट्नेदेखि मासुको बजारीकरण गर्दै आएको र बचत भएको समयमा कागती, सुन्तला बगैंचा र खुर्सानी खेतीको काम गर्दै आएका छन् । 

व्यवसायी कुँवरले १५ देखि २० हजार रुपैयाँका दरले मासिक तलब दिएर स्थानीय १० युवालाई बाख्रा फार्ममा प्रत्यक्ष रोजगारी दिँदै आएका छन् । उनले यो फार्म विस्तार भएर अहिलेको अवस्थामा आउनुमा नेपाल सरकारको ब्याजमा अनुदानसहितको ऋणको ठूलो भूमिका रहेको बताए ।

‘१ करोड जम्मा ३ प्रतिशत ब्याजमा ऋण लिएको थिए, अहिले मासिक १ लाख ५३ हजार किस्ता तिर्छु,’ उनले भने, ‘फार्म विस्तारको आधार यही ब्याज अनुदानको ऋण बन्यो, अहिले ऋण समेत आधा घटाइसकेको छु ।’

कुँवरका भाइ विष्णु समेत कोरियाबाट फर्केर बाख्रापालनमा सघाए पनि अहिले लोकसेवा तयारीको लागि काठमाडौंमा छन् । कुँवरले आफ्नो फार्मलाई ‘फार्मस्टे’को रूपमा विस्तार गर्ने लक्ष्य लिएका छन् । पर्यटकलाई आफ्नै फार्मको तयारी खसी तथा बोकाको मासु खुवाइँदै त्यही बाँस बसाउने गरी फार्मस्टे बनाउने तयारीमा रहेको उनले बताए ।

बसाइँसराइँले उजाडिएको गाउँमा कुँवरले भने पर्यटक ल्याएर गुल्जार बनाउने लक्ष्य लिएका छन् ।

कुनै रोगव्याधी नभए आफ्नो फार्मबाट वार्षिक १ करोडको कारोबार हुने कुँवरको लक्ष्यअनुसार फार्म सञ्चालित भइरहेको छ । उक्त बाख्रा फार्म पहाडी जिल्लाको ठूलो र नमूना बाख्रा फार्ममध्येमा पर्ने भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाले जानकारी दिए ।

बोयर तथा खरी प्रजातिको क्रस गरिएका बोकाको मासु राम्रो भएकाले उक्त प्रजातिका बोकाको मासुको माग उच्च हुने र अहिलेसम्म बजारको कुनै चिन्ता नरहेको बताए । फार्ममा हालसम्म ५ करोड रुपैयाँ लगानी भइसकेको छ । फार्मको खोर मात्रै ६ रोपनी जग्गामा फैलिएको छ । ५०० भन्दा बढी बाख्रा पाल्न खोर तथा घाँसको समस्या नहुने गरी फार्मको संरचना र घाँसको व्यवस्थापन भएको व्यवसायी कुँवरको भनाइ छ । 
 

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

जेठ १९, २०८१

ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

जेठ १२, २०८१

सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

x