२७ जेठ २०८३, बुधबार

झुण्डिएको अवस्थामा मृत भेटिए गुल्मीका एक वडाध्यक्ष, फेसबुकमा लेखेका थिए भावुक स्ट्याटस

भदौ २, २०८०
काठमाडौं
झुण्डिएको अवस्थामा मृत भेटिए गुल्मीका एक वडाध्यक्ष, फेसबुकमा लेखेका थिए भावुक स्ट्याटस

गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे मृत भेटिएका छन् । शनिवार बिहान फेसबुकमा भावुक स्टाटस लेखेका उनी बिहानै मृत भेटिएका हुन् । उनले परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ नहुँदो रहेछ भन्दै फेसबुकमा लेखेका थिए । 

घिमिरे घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) किरण सापकोटाले लोकान्तरलाई जानकारी दिए । उनले आफू घटनास्थलतर्फ गइरहेको बताए । 

यस्तै नगरपालिका प्रमुख जिवलाल खरेलले पनि वडाध्यक्ष घिमिरे मृत भेटिएको खबर पाएको भन्दै आफू घटनास्थलतर्फ गइरहेको जानकारी दिए । 'उहाँ झुण्डिएको अवस्थामा मृत भेटिनुभयो भन्ने खबर आएको छ,' लोकान्तरसँग उनले भने, 'म घटनास्थलतर्फ जाँदै छ । प्रहरीको टिम पनि आउँदै छ । हिजो साँझसम्म नगरपालिकाको काममा हामी सँगै थियौं । राति घरबाट निस्किनुभयो रे ! बिहान मृत भेटिएको कुरा आयो ।'

'परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ हुँदो रहेनछ,' उनले फेसबुकमा लेखेका थिए, 'प्रिय अनिता: साथ निभाउन सकेनँ । मलाई माफ गरे ।  घर परिवार, साथीभाइ सुभ चिन्तक सबैसँग माफी चाहन्छु । अलबिदा !'

salt training

कमेन्ट गर्नुहोस्