
आज (आइतवार) देशका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशभरका १७ जिल्ला भई बहने नदीमा बहाब बढ्ने सम्भावना छ । ईलाम, झापा, ताप्लेजुङ, पाँचथर, ओखलढुंगा, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, प्युठान, दाङ र आसपास भई बहने केही स-साना नदीहरूमा बहाब बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ । यी जिल्लाका नदी तटीय क्षेत्रमा क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार भोलि (सोमवार)देखि कर्णाली, महाकाली, बबई, राप्ती, कन्काई र नारायणीका सहायक नदीहरूको जलसतह उल्लेख्य बढ्न सक्ने सम्भावना छ ।
भोलि र पर्सि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भाग भई बहने केही स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहने छ । यी नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको छ ।