जेठ ७, २०८०
नक्कली शरणार्थी प्रकरणका मुख्य राजनीतिक बिचौलिया बेचन झाबारे खुलासा भएपछि उच्चपदस्थ राजनीतिक व्यक्तित्वहरू समेत तानिन सक्ने देखिएको छ । उच्च स्रोतका अनुसार झा तिनै व्यक्ति हुन्, जसले तत्कालीन प्रधानमन्त्रीपत्नी आरज...
काठमाडाैं | भदौ ७, २०८०
उर्लाबारीबाट २०७४ चैत पहिलो साता एउटा टोली काठमाडौं आयो । जो पीडित छ, उसैलाई प्रहरीले ज्यान मुद्दा लगाएको भनी टोलीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’समक्ष अर्जी गर्यो ।
कुरा सुनेपछि गृहमन्त्री थापाले उनीहरूलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकोमा लिएर गए । टोलीको गुनासोबारे ओलीलाई ब्रिफिङ पनि गरे ।
टोलीले सनम शाक्यको हत्या गर्ने व्यक्ति गोरे (चुडामणि उप्रेती) भए पनि गोरेबाटै पीडित भएका नरेन्द्र श्रेष्ठ र अर्का एकजनालाई पनि आरोपित गरी हिरासतमा राखिएको गुनासो गरेको थियो ।
गृहमन्त्री हुँदै प्रधानमन्त्रीसम्म पुगेको यो विषयबारे तत्कालै प्रहरी प्रमुखलाई खबर भयो । ‘सनम शाक्य हत्या सुनकाण्डसँग जोडिएको रहेछ । यो गम्भीर विषय हो । अनुसन्धान अघि बढाउनुस्’, गृहमन्त्री थापाले आईजीपी प्रकाश अर्याललाई आदेश दिए ।
घटना सम्बन्धमा विस्तृत छानबिन गर्न तत्कालीन डीआईजी पुष्कल रेग्मी, वसन्त लामा र डीएसपी सुदीप पाठकको टोली मोरङ पुग्यो ।
सनम शाक्य हत्याबारे प्रारम्भिक छानबिन गरेको अपराध महाशाखाका प्रमुख तत्कालीन एसएसपी दिवस लोहनी विदेश थिए ।
विराटनगर गरिएको छानबिनका क्रममा सनम शाक्यको हत्या दुबईबाट ल्याएको ३३ केजी सुनसँग जोडिएको फेला पर्यो ।
सनम, तत्कालीन अवस्थामा हिरासतमा रहेका नरेन्द्र र एक अर्का व्यक्तिलाई यातना दिने क्रममा गोरेबाट सनमको हत्या भएको तथ्य फेला परेको छानबिनमा संलग्न प्रहरीका एक उच्च अधिकारीले लोकान्तरसँग बताए ।
प्रहरीको छानबिन टोलीले सनमको हत्या गोरेले गरेको र गोरे सुन तस्करीको मुख्य योजनाकार भएको रिपोर्ट आईजीपीलाई गर्यो ।
आईजीपीले सो टोलीलाई सुन तस्करी कसरी भएको छ भनेर ‘प्रिजेन्टेसन’ तयार गर्न लगाए । त्यो ‘प्रिजेन्टेसन’ लिएर छानबिनमा संलग्न प्रहरीका उच्च अधिकृतहरूसहितको टोली आईजीपी, गृहमन्त्री र प्रधानमन्त्रीलाई भेट्न गए ।
सुन कसरी तस्करी भइरहेको छ भनेर ‘प्रिजेन्टेसन’ पेश भएपछि यसलाई टुंगो लगाउनुपर्छ भनेर प्रधानमन्त्री ओली उत्साहित भए ।
सनम हत्याकाण्डमा प्रतिवादी रहेका दुईजनाको बयानबाट अपराध महाशाखा पनि ‘कैफियत’मा पर्यो ।
सुनसँग जोडिएको केसमा मुख्य अभियुक्त गोरेलाई किन प्रतिवादी बनाइएन भन्ने प्रश्नसँगै विशेष समिति बनाउन प्रधानमन्त्री ओली तयार भए ।
विशेष छानबिन समिति गठनको सन्दर्भ
प्रधानमन्त्री ओलीको आदेश अनुसार विशेष समिति बनाउने निर्णय भयो । विशेष समितिलाई ४५ दिनको कार्यादेश दिइयो ।
३३ केजी सुन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा नेपाल भित्र्याइएको भनी प्रहरी प्रधान कार्यालयबाट प्रारम्भिक जानकारी भएको उल्लेख गर्दै संगठित अपराध निवारण ऐन, २०७० को दफा १२ बमोजिम विशेष अनुसन्धान गर्ने भनी २०७४ चैत २० गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।
मन्त्रिपरिषदको निर्णयानुसार विशेष समितिमा गृहका सह–सचिव ईश्वर पौडेलको संयोजकत्वमा त्यसबेलाका एसएसपी वसन्त लामा, डीएसपी सुदीप पाठक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सम्मिलित विशेष छानबिन समिति बन्यो । समितिको सचिवालय गृहमन्त्रालयमा स्थापना गरियो । केही प्राविधिकको सहयोगमा सचिवालय तयार भयो ।
विशेष समिति प्रारम्भिक छानबिन गर्न विराटनगर पुग्यो । छानबिनमा संलग्न एक उच्च प्रहरी अधिकृतले भने, ‘सनम मारिएको ३३ केजी सुन कान्डमा हो । बयान र गोरेको डायरीमा उल्लेख तथ्य हेर्दा ३७ क्विन्टल सुन भित्रिएको रहेछ । यसको मास्टर प्लान गर्ने गोरे नै हो भनेर यकिन गरियो । सनम शाक्य गोरेको एकाउन्टेन्ट रहेको पत्ता लाग्यो ।’
सुन कसरी भित्रिन्छ भन्ने तथ्य खोज्दै जाँदा तीनवटा रुटबारे पत्ता लाग्यो ।
सुन छिराउने पहिलो रुट
सबैभन्दा पहिलो रुटमा एयरपोर्टमा रहने प्रहरीको मिलेमतो भेटियो । एयरपोर्टको इञ्चार्ज तत्कालीन डीआईजी विकास खनाल थिए ।
ती अनुसन्धान अधिकृतका अनुसार तत्कालीन एसएसपी श्याम खत्री र गोरेको मिलेमतोमा सुन भित्रिने गरेको तथ्य फेला पर्यो ।
दुबईबाट गोरेका मान्छेहरू कसैले झोलामा, कसैले ज्याकेटमा लुकाएर सुन ल्याउँदा रहेछन् । जहाजबाट ओर्लिएपछि सम्बन्धित जहाजको गाडीमा चढेर इमिग्रेसनमा लाइन पुग्नुपर्ने हो । इमिग्रेसनको चेकिङ जहाँ हुन्छ, त्यसको दायाँतिर प्रहरीको ‘पोस्ट’ छ ।
गोरेका मान्छेहरू इमिग्रेसनको चेकिङमा नगई सरासर प्रहरी कार्यालयमा पुगेर झोला वा ज्याकेट जेमा सुन छ, त्यो छाडेर बल्ल लाइनमा आउने रहेछन् ।
गोरेको सुन आउने दिन त्यहाँ एसएसपी श्याम खत्री वा डीएसपी विकास खनाल आफैं बस्ने गरेको पाइएको ती अनुसन्धान अधिकृतले बताए ।
प्रहरी कार्यालयबाटै अन्तिम चेक पोइन्टसम्म जाने अर्को ढोका छ । त्यो ढोकाबाट खत्री वा खनालले सुन चेक पोइन्टमा नपुर्याई अर्को ढोकाबाट प्रहरीको भ्यानमा राख्ने गरेको छानबिनका क्रममा भेटिएको ती अधिकृत बताउँछन् ।
प्रहरीका भ्यान निस्फिक्री उत्तरतिर अर्थात् ‘डोमेस्टिक’ एयरपोर्टको घुम्तीनिरको गेटमा पुग्दो रहेछ ।
त्यहाँबाट सुन पास गरेपछि कहिले तीनकुने सरस्वती मन्दिरनिर, कहिले तिलगंगा आँखा अस्पतालको छेउतिर पुगेर गोरेलाई सुन बुझाउने चाँजोपाँजो मिलाउने गरेको पाइयो ।
सुन छिराउने दोस्रो रुट
गोरेले अर्को सेटिङ थाई एयरलाइन्सका सरसफाइ कर्मचारीहरूसँग मिलाएको भेटियो । सुन लिएर आउने गोरेको मान्छे जहाजबाट गाडीमा चढ्दा अन्तिम सिटमा बस्ने । सुन भएको ज्याकेट अन्तिम सीटमा छोडेर आउने । त्यो छोडिएको सुन भएको ज्याकेट थाई एयरलाइन्सको सरसफाइ कर्मचारीले यता थाई एयरलाइन्सको कार्यालयमा ल्याएर आउने ।
थाईको कार्यालय आयल निगम छेउमा रहेको र त्यहाँ सेनाले चेक गर्ने गर्थ्यो । तर ज्याकेटमा रहेको सुनलाई झिकेर मोटर साइकलको पेट्रोल ट्याङ्कीमा राख्ने । सेटिङ यतिसम्म भेटियो कि ज्याकेटमा ३३ केजी अट्ने ३३ वटै गोजी, मोटर साइकलको पेट्रोल ट्याङ्कीमा आधामा पेट्रोल, आधामा ३३ केजी सुन ठ्याक्क अट्ने खालको बनाएर एयरपोर्टबाट पास गर्ने गरेको छानबिनका क्रममा भेटियो ।
सुन छिराउने तेस्रो रुट
दुबईबाट सुन बोकेर आउने गोरेका भरियाहरू जहाज ल्यान्ड हुनुभन्दा आधा घन्टा अगाडि जहाजको ट्वाइलेट पस्ने । ज्याकेटको सबै सुन झिकेर ट्वाइलेटको कमोडमा वरपर घेरामा घुसाएर राख्ने । कमोडमा सुन भएको जानकारी कुनै ‘कोड’ भाषामा जहाजका सरसफाइ कर्मचारीलाई जानकारी गराउने । सोहीबमोजिम जहाजका सरसफाइ कर्मचारीले ट्वाइलेटको कमोडबाट सुन झिकेर जहाज चढ्ने सिंढीमा गायब पार्ने नौलो घटना भेटिएको ती अधिकारीले बताए ।
उनले भने, ‘जहाज चढ्न, ओर्लन प्रयोगमा आउने भर्याङमा समाउन राखिएको पाइपको माथि खुला गरि राखिएको, अनि तल बन्द थियो । ट्वाइलेटबाट सुन झिकेपछि सरसफाइ कर्मचारीले भर्याङको पाइपमा माथिबाट सुनको टुक्रा राख्ने रहेछन् । आफ्नो अनुकूलमा भर्याङ थाई एयरको कार्यालय छेउमा लगेर तलबाट खोलेर फेरि मोटर साइकलको ट्याङ्कीमा राखेर पास गरेको भेटियो ।’
त्यहाँबाट पास भएको सुन अनामनगरस्थित एमके अग्रवालको घरमा पुग्दोरहेछ । अग्रवालको घर खनतलासी गर्दा सुन बोक्ने ज्याकेट, सुन बोक्न बनाएको मोटरसाइकलको ट्याङ्की भेटियो ।
त्यही क्रममा ३३ केजी सुन अनामनगर छेउबाट गायब भएपछि गोरेले अनुसन्धान शुरू गरेको तथ्य छानबिनले फेला पार्यो ।
‘पछि तिर्दा पनि हुन्छ, यसको अनुसन्धान नगर भनेका रहेछन् उसका साथीहरूले, तर गोरेले प्रहरीले भन्दा ज्यादा अनुसन्धान गरेको रहेछ । गोरेको अनुसन्धानकै क्रममा यातना पाएको रहेछ सानो वन भन्नेले । फेरि बाहिर आइज भनेछ गोरेले । गोरेको टीमले फेरि कुटेर यातना दिन्छ भनेर ट्याङ्करमा आफैं गएर आत्महत्या गरेको पाइयो । सीसीटिभी हेर्दा गुड्दै गरेको ट्याङ्करमा आफैं गएर टायरमुनि गएर पसेको देखिन्छ । त्यो हामीले अनुसन्धान थाल्नुअघिकै घटना हो’, ती अधिकारीले भने ।
३३ केजी सुन हराउँदा सुन बोक्ने जिम्मा वनले पाएका रहेछन् । छानबिन समितिले पक्राउ गरेका अर्का व्यक्ति बर्दियका प्रमलाल चौधरीले प्रहरी हिरासत सिंहदरबारको ट्वाइलेटमा आत्महत्या गरे ।
‘एउटा राणाको घरमा काम गर्न आएको केटो रहेछ, प्रमलाल । त्यो राणाको थाई एयरका मान्छेहरूसँग चिनजान रहेछ । यसलाई पनि केही काम लगाइदिनु भनेर त्यहाँ काम पाएको रहेछ । तर उसले केही वर्षमै करोडौंको सम्पत्ति जोडेर सुन पसल समेत चलाएको रहेछ । अनुसन्धान हुँदाहुँदै उसले पनि आत्महत्या गर्यो’, ती अनुसन्धान अधिकारीले थपे ।
अपराध महाशाखाका अधिकृतहरू किन छानबिनमा तानिए ?
एसएसपी दिवस लोहनीको छवि प्रहरीमा राम्रै थियो । तर, उनी निकै महत्त्वाकांक्षी अफिसरमा गनिन्थे ।
‘घटना मोरङको थियो । अपराध महाशाखाको कार्यक्षेत्र खासमा उपत्यकामा हो । तर, क्षेत्राधिकारभन्दा बाहिर गएर लास व्यवस्थापन गरेर ३ जनालाई प्रतिवादी बनाएर आएको छ । प्रतिवेदनमा गोरेको नाम उल्लेख गरिएको छैन,’ छानबिनका ती सदस्यले भने ।
यसबारे लोहनीसहित त्यसबेला कमाण्ड लिएका प्रजित केसीले गोरे कतैबाट नभागोस् भनेर उसको नाम प्रतिवेदनमा उल्लेख नगरिएको प्रस्टीकरण दिएका थिए ।
‘सनम शाक्यको लास सुनसरीको धरानमा भेटिएको थियो, तर मुचुल्का मोरङमा गरियो । मुख्य दोषीको नाम प्रतिवादीको प्रतिवेदनमा उल्लेख गरिएन । र, पैसाको वार्गेनिङ गरिएको छ । अप्रेसनकै लागि पैसाको बार्गेनिङ गरिएको छ । त्यो कुरा आईजीपी’सापलाई जानकारी थिएन । प्रजित र लोहनीको कन्भरसेन सुन्दा कहाँ बोलाएर गोली हान्ने भन्ने मात्रै भेटियो । ५ करोडबाट ३ करोडको प्रस्टै बार्गेनिङ गरिएको थियो’, ती सदस्यले भने, ‘हाई कमाण्डलाई अप्रेसनका लागि पैसा बार्गेनिङ गरेको जानकारी नगराउने, तर सुट गर्ने मात्रै भन्दा पैसा लिएर मारेपछि गुपचुप पार्ने नियत देखियो भनेर उनीहरू छानबिनमा परे ।’
गारेले एकजना जग्गा व्यवसायी बिचौलियाबाट पैसा बुझ्नु भनेर खबर गरेको भेटियो । त्यसैको आधारमा ती बिचौलिया पनि पक्राउ परे ।
(दिवेश र प्रजितको टोली कसरी छानबिनमा पर्यो र अदालतबाट कसरी सफाइ पायो भन्नेबारे अघिल्लो अंकको सामग्रीमा उल्लेख छ ।)
पढ्नुहोस्, सम्बन्धित समाचार :
रहस्यको पर्दा नखुलेको ३३ किलो सुनकाण्डः गोरेको फोनदेखि अनुसन्धान र अदालतको गोलचक्करसम्म
****
अनुसन्धान साँघुरिँदै जाँदा उच्च राजनीतिक वृत्त त्रसित बन्यो । अनुसन्धानका क्रममा छानबिन गर्न जति पात्र पक्राउ परे, प्रत्येक व्यक्तिलाई किन पक्राउ गरियो भन्ने जवाफसहित प्रधानमन्त्री ओली र गृहमन्त्री बादलसँग ब्रिफिङ हुन्थ्यो । छानबिन हुँदै गर्दा ओली र बादल निकै उत्साहित थिए । त्यहीबेला नेकपा (माओवादी धार)बाट गृहमन्त्री बनेका बादललाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हटाउँछन् भन्ने हल्ला चल्यो । पार्टीभित्रैबाट ओली घेरामा परेका थिए । त्यसको प्रभाव यो या त्यो अर्थमा छानबिन समितिमा पनि परेको थियो ।
छानबिन समितिको ४५ दिन सकिएर थप ३० दिनको म्याद पनि सकिन लाग्यो । छानबिन गर्दै जाँदा विमल पोद्दार पक्राउ परे । उनको व्यापारिक साझेदारी दीपक मलहोत्रासँग थियो ।
कालिकास्थानको अपार्टमेन्ट लगायतमा मलहोत्राको व्यापारिक साझेदार पोद्दार भएको फेला पर्यो । त्यतिबेला पूर्व अर्थमन्त्री हाल नेकपा (माओवादी–केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करबारे ‘साना माछा र ठूला माछा’को सन्दर्भ ल्याएका थिए ।
पोद्दार पक्राउपछि मलहोत्रा पनि छानबिनको घेरामा परेका थिए । उनलाई समितिले बोलाएर बयान लिने वा पक्राउ गर्ने भन्नेबारे छलफल हुँदै थियो । त्यहीबेला अर्का सुन व्यापारी राजेन्द्र शाक्य पक्राउ परेपछि राजनीतिक तहमा हलचल मच्चियो । यसको प्रत्यक्ष वा अप्रत्यक्ष दबाब समितिमाथि आउन थाल्यो । बुझ्दा मलहोत्राको पहुँच नभएका ठूला नेता कोही पनि बाँकी देखिएनन् ।
‘थप गरिएको ३० दिने म्याद नजिकिँदै थियो । अब थप हुन सम्भावना देखिएन । र, बाँकी अनुसन्धान गर्न नपाएर केही सुझावसहित प्रतिवेदन बुझायौं’, छानबिनमा संलग्न ती सदस्यले भने, ‘न प्रतिवेदन सार्वजनिक गरियो, न कसैमाथि थप अनुसन्धान गरेर कारवाही गर्ने काम गरियो, अहिले त्यही प्रवृत्ति दोहोरिएको छ ।’
अनुसन्धानमा ४५ जना पक्राउ परे । एक जनाले अनुसन्धानकै क्रममा आत्महत्या गरे । ४ जना धरौटीमा छुटे । ३९ जनामध्ये ३ जना भारतीय थिए । त्यसमध्ये ३१ जना फरार रहे । कुल ७५ जनालाई सुनको संगठित तस्करी गरेको भनी प्रतिवादी बनाइएको थियो । सुनको मुख्य व्यवस्थापन गर्नेमा एमके अग्रवाल, भुजुङ गुरुङसहित थिए ।
छानबिन अध्ययनमा ३७ सय ९९ दशमलव ५५९ ग्राम सुन भित्रिएको तथ्य समितिले फेला पार्यो । समितिले ५ वर्षअघिको मूल्य अनुसार १७ अर्ब १ करोड, ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ बराबर मूल्य हुन आउने भनेर प्रतिवेदन बुझाएको थियो ।
पछिल्लोपटक ६० केजी सुन प्रकरणलाई लिएर असोजमा जाँचबुझ आयोग गठन गर्ने सर्वदलीय सहमति भएको छ । छानबिन समिति र आयोग गठनपछि आउने प्रतिवेदन सार्वजनिक र कार्यान्वयन अहिलेसम्म भएका छैनन् । अब बन्ने छानबिन आयोगको पनि इतिहास दोहोरिने वा साँच्चिकै छानबिन हुने अबको व्यवहारले प्रस्ट्याउने छ ।
नक्कली शरणार्थी प्रकरणका मुख्य राजनीतिक बिचौलिया बेचन झाबारे खुलासा भएपछि उच्चपदस्थ राजनीतिक व्यक्तित्वहरू समेत तानिन सक्ने देखिएको छ । उच्च स्रोतका अनुसार झा तिनै व्यक्ति हुन्, जसले तत्कालीन प्रधानमन्त्रीपत्नी आरज...
विभिन्न सरकारी निकायको कालोसूचीमा परेर बैंक खाता रोक्का भएको अवस्थामा पनि शंकर माली निर्माण सेवा प्रा.लि.ले एक बैंकबाट दुई करोडभन्दा माथि रकम निकालेर खाता बन्द गरेको खुलेको छ । गरिमा विकास बैंकले उक्त क...
पूर्ण सरकारी स्वामित्वको गोरखापत्र संस्थानमा नियमविपरीत तोकआदेशकै भरमा १६४ जना कर्मचारी भर्ना गरिएको पाइएको छ । 'रोजगारी दिलाई पाऊँ, काम गर्ने अवसर प्रदान गरी पाऊँ, योग्यताबमोजिम काम दिलाई पाऊँ' भ...
ब्याडमिन्टनका विभिन्न प्रतियोगितामा असम्बन्धित व्यक्तिहरूलाई पनि अमेरिका, अस्ट्रेलिया, जापानजस्ता मुलुकमा पठाउने र उतै लुकाउने काममा नेपाल ब्याडमिन्टन संघको नेतृत्व नै क्रियाशील रहेको आरोप लागेको छ । अर्कातिर य...
ललितानिवास प्रकरणमा पूर्ण सरकारी स्वामित्वको समरजंग कम्पनीको नाममा रहेको जग्गा पशुपति टिकिन्छा गुठीका नाममा दर्ता गर्ने प्रस्ताव लीलामणि पौड्याल मुख्यसचिव बन्नुअघि नै मन्त्रिपरिषदमा पुगेको पाइएको छ । साथै,...
पशुचौपायामा महामारीको रूप लिएको 'लम्पी स्किन' रोगविरुद्ध लगाइने खोप बिक्री वितरणमा व्यापक कालोबजारी भइरहेको पाइएको छ । खोप आयत गरेका निजी क्षेत्रका आयातकर्ताहरूले तीनै तहका सरकारलाई मनोमानी मूल्य...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...