असोज ११, २०८०
टर्कीए प्रहरीले अवैध ढङ्गले सुर्तीजन्य पदार्थ बेचेको आरोपमा तीन सय ७० जनालाई पक्राउ गरेको छ । अवैध सुर्तीजन्य पदार्थ उत्पादन गर्ने आपराधिक सङ्गठनविरुद्धको राष्ट्रव्यापी अभियानमा उनीहरूलाई पक्राउ गरिएको मन्त्र...
काठमाडाैं | भदौ ८, २०८०
बुधवार छिमेकी राष्ट्र भारतका लागि विशेष दिन थियो । भारत चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान अवतरण गर्ने पहिलो राष्ट्र बन्यो । आफ्नो देशका वैज्ञानिकहरूले नयाँ इतिहास रचेसँगै विश्वका विभिन्न कुनामा रहेका भारतीयहरूले खुसी मनाएका थिइ । भारतका सञ्चारमाध्यम र जनताले उनीहरूको प्रशंसा गरेका थिए ।
चन्द्रयान–३ को चन्द्रमामा सफल अवतरण हुनु भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेश (युपी)का लागि झनै विशेष रह्यो । किनकि, भारतकी ‘रकेट वुमन’ नामले परिचित लखनाऊकी छोरी डा रितु कारिधालको काँधमा पनि सफल अवतरणको जिम्मेवारी थियो । जो उनले सजिलै पूरा गरिन् ।
बच्चैदेखि थियो चन्द्रमा र तारामा लगाब
रितुको जन्म सन् १९७५ मा लखनाऊको एक मध्यम परिवारमा भएको थियो । उनी सानोमा साइकल चढेर हिड्ने गर्थिन् । साइकल नै चढेर विद्यालय जान्छिन् । त्यहाँभन्दा ठूलो सवारीसाधन चढ्ने अवस्था त्यो बेला उनको परिवारको थिए । उनलाई बच्चैदखि सिंगो ब्रम्हाण्ड, चन्द्रमा र ताराहरूप्रति लगाब र जिज्ञासा थियो । रितुमा बच्चैदखि इसरो र नासासँग सम्बन्धित समाचार, लेख, जानकारी र तस्बिर जम्मा गरेर राख्ने सोख थियो । उनले लखनाऊ विश्वविद्यालयबाट भौतिक शास्त्रमा बिएस्सी पढेकी थिइन् । फेरि उनी एयरोस्पेस इन्जिनियरिङमा स्नातकोत्तर दिनका लागि आइआइएससी, बैग्लोरमा गइन् । रितुले १९९७ नोभेम्बरमा इन्जिनियरको रुपमा इसरोमा काम गर्न शुरू गरिन् ।
प्रदेशका लागि गर्वको विषय
आफ्नो शहर लखनाऊकी छोरी रितु चन्द्रयान–३ की मिसन निर्देशक मात्र बनिनन् उनले त्यो मिसन नै पूरा गरेको भन्दै अहिले उत्तर प्रदेशवासीहरू गौरवान्विक भएका छन् । इन्दिरा गान्धी नक्षत्रशालामा युपी एमेच्योर एस्ट्रोनमर्स क्लबका सदस्यबीच लन्चिङको स्क्रिनिङ गर्ने योजना रहेको वैज्ञानिक अधिकारी सुमितकुमार श्रीवास्तवले बताए ।
टर्कीए प्रहरीले अवैध ढङ्गले सुर्तीजन्य पदार्थ बेचेको आरोपमा तीन सय ७० जनालाई पक्राउ गरेको छ । अवैध सुर्तीजन्य पदार्थ उत्पादन गर्ने आपराधिक सङ्गठनविरुद्धको राष्ट्रव्यापी अभियानमा उनीहरूलाई पक्राउ गरिएको मन्त्र...
इजरायलले प्यालेस्टिनी र अरब अमेरिकीविरुद्धको यात्रा प्रतिबन्ध फिर्ता लिएसँगै अमेरिकाले पनि इजरायलीरूलाई भिसा (प्रवेशाज्ञा) बिना संयुक्त राज्य अमेरिकामा प्रवेश दिने घोषणा गरेको छ । आगामी नोभेम्बर ३० देखि लागू...
संयुक्त राज्य अमेरिकाले सैन्य शासित अफ्रिकी राष्ट्र गाबोनलाई सहयोग नगर्ने घोषणा गरेको छ । बाडेन प्रशासनले मंगलवार गाबोनलाई सबै किसिमका मानवीय सहायता निलम्बन गरिएको घोषणा गरेको हो । नाइजरपछि मानवीयल...
वासिङ्टन– अमेरिकी राष्ट्रपति जो बाइडेनको दुई वर्षीय कुकुर जर्मन शेफर्ड कमाण्डरले सोमवार साँझ व्हाइट हाउसमा कार्यरत अमेरिकी गुप्तचर सेवाका एक जनालाई फेरि टोकेको छ । राष्ट्रपतिको कुकुरले ह्वाइ...
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११औँ महाधिवेशनका लागि पुनःअध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् । उनले आज यहाँ पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेकी हुन्...
न्युयोर्क– भारतले शिख पृथकतावादी नेताको हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती दिँदै त्यससम्बन्धमा क्यानाडासँग जानकारी मागेको छ । साथै नयाँ दिल्लीले हरदीपसिंह निज्जर हत्यासम्बन्धमा क्य...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...