२६ जेठ २०८३, मंगलबार

बजेटविहीन अवस्था रोक्न अदालत जाने तयारीमा कोशी सरकार

भदौ १०, २०८०
विराटनगर
बजेटविहीन अवस्था रोक्न अदालत जाने तयारीमा कोशी सरकार

आज (आइतवार)देखि कोशी प्रदेश बजेटविहीन हुने अवस्थामा पुगेको छ । तत्कालीन सरकारले ल्याएको बजेट प्रदेश सभाबाट पारित नभएपछि प्रदेश बजेटविहीन हुने अवस्थामा पुगेको हो । 

हिक्मत कार्की नेतृत्वको तत्कालीन सरकारले जेठ ३२ गते अध्यादेशबाट बजेट ल्याएको थियो । त्यो बजेट ६० दिन भित्रमा पास गर्नु पर्ने वा प्रतिस्थापन गर्नु पर्ने कानुनी बाध्यता रहेको छ । 

वर्तमान सरकारले भने बजेट पास नगरी अध्यादेशबाट बजेट ल्याउन अधिवेशन अन्त्य गरिसकेको छ ।  बजेट प्रदेशसभाको असार १४ गते बसेको बैठकमा पेस भएको थियो । अध्यादेश पेस भएको ६० दिन दिन भित्रमा पास गर्नु पर्ने हुन्छ । आज ६० दिन पुग्दै छ । 

बजेट विहीनताको परिस्थितिलाई रोक्न प्रदेश सरकार भने अदालत जाने तयारीमा छ । बजेट विहीनताको परिस्थितिलाई रोक्न अदालत जाने तयारी थालेको कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतमले बताए ।

अहिलेको  कोशी प्रदेश सरकार कामचलाउ मात्रै छ । सर्वोच्च अदालतको भदौ ७ गतेको अन्तरिम आदेशले थापा नेतृत्वको सरकार कामचलाउ बनेको हो  । काम चलाउ सरकारले अध्यादेश ल्याउन वा कुनै पनि दीर्घकालीन महत्वका नीति निर्माण गर्न पाउँदैन । 

गत बुधवारदेखि प्रदेश सभा अधिवेशन पनि अन्त्य भइसकेको छ । तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले पनि चल्दाचल्दैको बजेट अधिवेशन अन्त्य गरेर जेठ ३२ मा अध्यादेशमार्फत बजेट ल्याएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्