२६ जेठ २०८३, मंगलबार

कमला नदीको जलसहत सतर्कता तह पार, उच्च सजकता अपनाउन आग्रह

भदौ ११, २०८०
काठमाडौं
कमला नदीको जलसहत सतर्कता तह पार, उच्च सजकता अपनाउन आग्रह

अविरल वर्षापछि कमला नदीको जलसहत सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार उदयपुरको बेलसोत केन्द्रमा बाढीले सतर्कता तह पार गरेको हो । 

यसअघि सिन्धुली रानीबासस्थित बाढी मापन केन्द्रमा पनि कमला नदीको जलसतहले सतर्कता तह पार गरेको थियो । नदीमा पानीको बहाब अझै बढ्दो रहेको महाशाखाले जनाएको छ । 

तटीय क्षेत्र तथा डुबान भइरहने भूभागहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्