२६ जेठ २०८३, मंगलबार

अजित खड्का बने विवेकशील साझाको बागमती अध्यक्ष

भदौ ११, २०८०
काठमाडौं
अजित खड्का बने विवेकशील साझाको बागमती अध्यक्ष

 विवेकशील साझाको बागमती प्रदेश अध्यक्षमा अजित खड्का चयन भएका छन् । 

 भक्तपुरमा सोमबार सम्पन्न प्रदेश अधिवेशनले  खड्काको नेतृत्वमा १३ सदस्यीय प्रदेश समिति चयन  गरेको हो । 

प्रदेश निर्वाचन आयोगका प्रमुख शंकर बञ्जाडेका अनुसार  उपाध्यक्षमा डिजेन बस्नेत,सचिवमा शकिल अहमद र कोषाध्यक्षमा दिलकुमार केसी निर्वाचित भएका छन् । 

अधिवेशनले सदस्यहरुमा प्रेमप्रसाद वस्ती,आशिष कार्की, पूर्णलाल श्रेष्ठ, वैकुण्ठ दाहाल, शारदा लक्ष्मी प्रधान, मधुसुदन कार्की, नरेन्द्र श्रेष्ठ, अशोक अधिकारी र भुषण कुमार श्रेष्ठलाई चयन गरेको छ।
नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण एवं पद तथा गोपनियताको सपथ ग्रहण गराईएको प्रदेश अधिवेशन आयोजक समितिका संयोजक सुरज प्रधानले  जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्