
लहान नगरपालिकाले फोहोर सङ्कलन गर्न आधुनिक किसिमको आठ ‘गारवेज ट्रक’ सञ्चालनमा ल्याएको छ ।
लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले गारवेज ट्रकमा फोहोर सङ्कलन गर्न थालिएको जानकारी दिए ।
फोहोर सङ्कलन गर्न ट्रयाक्टरभन्दा ट्रक सजिलो तथा सहज हुने नगरपालिकाले जनाएको छ । पहिलो चरणमा वडा नं १ देखि १० सम्मका फोहोर ती ट्रकमा सङ्कलन हुने र विस्तारै कार्यविधि बनाएर २४ वटै वडाको फोहोर सङ्कलन गरिने उनले बताए ।
नगरप्रमुख चौधरीले इन्धनको बचत, ट्रकको बन्द कभर भएपछि फोहोर बाटोमा नगन्हाउने र गल्लीमा पनि फोहोर सङ्कलनका लागि ट्रक जान सक्ने बताए ।