×

Dabur
MG

चालू पुँजी कर्जामा संशोधनको निर्देशनप्रति बैंकर्स संघ असन्तुष्ट

काठमाडाैं | भदौ १२, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जामा संशोधन गरेर आइतवार जारी गरेको निर्देशनले बैंकहरूलाई तनाब थप गर्ने चिन्ता नेपाल बैंकर्स संघले नै गरेको छ । राष्ट्र बैंकको निर्देशनले ऋण तिर्न नसकेका व्यवसायीलाई थप मार पर्ने भएको छ भने बैंकहरूको खराब कर्जा पनि बढाउने जोखिम बढेको छ । 

yONNEX
Sagarmatha Cement

बैंकर्स संघले सोमवार पत्रकार सम्मेलन आयोजना गरेरै राष्ट्र बैंकको निर्देशनप्रति असन्तुष्टि व्यक्त गरेको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुनिल केसीले भने ‘राष्ट्र बैैंकले आइतवार जारी गरेको पहिलो निर्देशन बैैैैंकिङ क्षेत्रको लागि ठीक भए पनि लगत्त आएको दोस्रो निर्देशनले भने ऋण तिर्न नसकेका र समस्यामा परेको व्यवसायीलाई थप मार पर्ने देखिन्छ ।’ जसका कारण खराब कर्जा बढ्ने जोखिम नित्तिएको उनले बताए । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

राष्ट्र बैंकले कुनै पनि कर्जा निष्कृय वर्गमा भएमा कर्जाको भाखा नाघेको बक्यौता रकम भुक्तानी गरी लगातार ६ महिनासम्म कर्जाको किस्ता वा ब्याज नियमित भएको अवस्थामा मात्र असल वर्गमा स्तरोन्नती गरी सोही बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछसहितको निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकले विभिन्न १ करोड रुपैयाँभन्दा माथिको विभिन्न प्रकारका कर्जामा लागू हुने गरी चालू पुँजी कर्जामा पहिलो संशोधन गरेको छ । यसले बैैंकहरूको ऋण तिर्न नसकेका, समस्या परेका र एउटा क्षेत्रमा लगानी गरेको ऋणीकै अर्को क्षेत्रको कर्जा पनि सुक्ष्म निगरानीमा पर्ने गरी आएको निर्देशनले खराब कर्जा बढाउने बुझाइ बैंकर्स संघको छ । 


Advertisment
Kumari
Saurya island
Pardeshi

राष्ट्र बैंकका अनुसार बैकहरूको खराब कर्जा गत असार मसान्तसम्ममा ३.०२ प्रतिशत रहेको छ । यस्तो कर्जा वाणिज्य बैंकहरूको मात्रै २.९८ प्रतिशत रहेको तथ्यांकले देखाउछ । यो तथ्यांकअनुसार वाणिज्य बैंकहरूले गत असार मसान्तसम्ममा लगानी गरेको ४३ खर्ब १२ अर्ब रुपैयाँ कर्जामध्ये १ खर्ब २८ अर्ब रुपैयाँ खराब कर्जा हुन पुगेको छ । 

Vianet communication
Laxmi Bank

ऋणको माग नहुँदा आर्थिक बृद्धिमै असार पर्ने चिन्ता

बैंकहरूमा सोमवारसम्म ५६ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । अहिले बैंकहरूमा औसतमा ८३ प्रतिशत मात्रै कर्जा निक्षेप अनुपात रहेकोले अझै लगानी विस्तार गर्न सक्ने सीमा करिबब ४ खर्ब रुपैयाँ छ । गत वर्षको यही अवधिमा बैंकहरूमा तरतला अभाव भएर ऋणै लगानी गर्न नपाउने अवस्थाको तुलनामा यो वर्ष पर्याप्त तरलता हुँदा पनि ऋणको माग भने नभएको बैंकर्स संघकै भनाइ छ ।

बैंकर्स संघका अध्यक्ष केसीका अनुसार अहिले ऋणको माग करीब ठप्प प्रायः छ । राष्ट्र बैंकले चालू पूँजी कर्जा संशोधन गरेपछि र घरजग्गा कारोबारलाई सहजीकरण गर्ने गरी कित्ताकाट खुला गरेकोले ऋणको माग बढ्ने अपेक्षा भने बैंकहरूले राखेका छन् । अहिले बैंकहरूमा तरलता भए पनि लगानी हुन नसकेको अवस्था देखिएको केसीले बताए । 

बैैंकहरूको लगानी बढ्न नसक्दा निजी क्षेत्रमा प्रवाह हुने कर्जाको दर कम हुन्छ । निजी क्षेत्रमा कर्जा कम जाँदा त्यसको प्रत्यक्ष असर आर्थिक बृद्धिदरमै पर्ने विश्लेषण पनि अर्थशास्त्रीले गरेका छन् । निजी क्षेत्रमा जति बढी कर्जा प्रवाह भयो आर्थिक गतिविधि उति नै धेरै चलायमान हुने र अर्थतन्त्रको विकाससँगै आर्थिक बृद्धिमै सकारात्मक योगदान पुग्ने विश्वास यस क्षेत्रका जानकारहरूको छ । सरकारले चालू आवको लागि ६ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य अगाडि सारेको छ । 

सरकारले गत वर्ष स्थानीय तहको ९० अर्ब रुपैयाँ निक्षेप बैैैंकहरूमा राखेर सहजता प्रदान गरेको थियो । यस्तो निक्षेप पुनः सरकारकै खातामा फर्किएपछि बैैंकहरूलाई तरलता व्यवस्थापनमा भने असहज हुने अनुमान बैंकर्स संघको छ । 

बैंकर्स संघले सरकारले स्थानीय तहलाई पठाएको उक्त रकम बैैंकमै राखेर बैंकहरूलाई निक्षेपको रूपम गणना गर्न दिनुपर्ने माग गरेको छ । यस्तो रकमले बैैंकहरूमा तरलता सहज हुने अनुमान सम्बन्धित बैंकर्सको छ । 

बैंकहरूमा रहेको निक्षेपकर्ताको धन सुरक्षित गर्ने काम बैंकहरूको भएकोले सोही काम गर्दै आएको नेपाल बैंकका सीईओ कृष्णबहादुर अधिकारीले बताए । उनले भने ‘डिपोजिटरको पैसाको रक्षा गर्दै कर्जा विस्तार गर्ने काम नै बैैंकको हो । कर्जा विस्तार नै नहुनु, सरकारले पछिल्लो तीन त्रैमासदेखि सहुलियत कर्जाको पैसा नदिनु र राष्ट्र बैंकको पछिल्लो निर्देशनले खराब कर्जा बढ्ने चिन्ताकाबीच पनि बैंकहरूले भने सहज वातावरण बनाएरै काम गरिरहेको छन् ।’
 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
भदौ १८, २०८०

ग्लोबल आइएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेसिन सञ्चालनमा ल्याएको छ ।  मेसिन सञ्चालनमा आएसँगै आफ्नो अनुकूल समयमा बैंकमा रहेका क्यास तथा चेक डिपोजिटर मेसिनमार्फत ग्लोबल आइएमई बैंकमा रहेको खा...

भदौ ४, २०८०

वाणिज्य बैंकहरूले ब्याजदर बढाएपछि शेयर बजार परिसूचक नेप्से लगातार घटिरहेको छ ।  नेप्से परिसूचक घट्नुका साथै कारोबारमा पनि कमी आएको छ ।  सोमवार नेप्से परिसूचक १२.९३ अंकले घटेको छ । नेप्सेको...

असोज ६, २०८०

एनआईसी एशिया बैंकको २६ औं वार्षिक साधारणसभा असोज २८ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न हुने भएको छ । असोज ५ गते सम्पन्न बैंकको ६३० औं संचालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको हो ।  ...

असोज १, २०८०

नेपाल एसबीआई बैंक लिमिटेड र ओम्नी मोटर्स प्रालिबीच सम्झौता भएको ५ । उक्त सम्झौता बैंकका प्रमूख कर्जा अधिकृत अर्जुन नेपाल र ओम्नी मोटर्सका तर्फबाट सहनिर्देशक उदयन काब्राबीच एक कार्यक्रम गरी संयुक्त हस्ताक्षर भएको थियो...

भदौ ३०, २०८०

यो साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उतारचढाव सामान्य रह्यो । कूल चार दिनको कारोबारमा तीन दिन बढेको बजार एक दिन घटेकोे थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार शेयर बजारमा यो ...

भदौ ११, २०८०

अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका संस्थापक शेयरधनीहरूले हकप्रद शेयरबापतको रकम चुक्ता गरेका छन् ।  ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनीले आगामी भदौ १८ गतेदेखि शेय...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x