२६ जेठ २०८३, मंगलबार

एमसीसीबारे तत्कालीन सरकारले जनतालाई ढाँट्यो : ओली

भदौ १३, २०८०
विराटनगर
एमसीसीबारे तत्कालीन सरकारले जनतालाई ढाँट्यो : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे तत्कालीन सरकारले जनतालाई ढाँटेको आरोप लगाएका छन् । १२ बुँदे व्याख्यात्मक घोषणा भनेर नेपाली जनतालाई तत्कालीन  प्रधानमन्त्रीदेखि परराष्ट्र मन्त्रीसम्मले ढाँटेको आरोप लगाएका हुन् । 

उनले प्रधानमन्त्री तथा मन्त्रीको नाम भने लिएनन् । एमसीसी सांसदबाट पास गर्दा शेरबहादुर देउवा प्रधानमन्त्री थिए । ‘तत्कालीन  सरकारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले सांसदलाई धोका दिनुभयो, झुट बोल्नुभयो र प्रभाव पारेर पास गराउने गलत बाटो लिनुभयो,’ विराटनगर विमानस्थलमा सञ्चारकमीहरूसँग ओलीले भने, 'पहिला नै पास गर्दा ठीक हुन्छ/हुँदैन भनेर छलफल गर्नु पर्थ्यो । तर उहाँहरूले केही गर्नु भएन ।’

१२ बुँदे घोषणा नै झुटको खेती  भएको समेत उनको आरोप रहेको छ । ‘हिजो मात्रै प्रधानमन्त्रीले म सोध्छु भन्नुभएछ । सोध्नु किन पर्‍यो ? उहिले नै एमसीसीले जवाफ दिएको छ । उहिले नै भनेको छ यो सम्झौता हो । योभन्दा आरोप  केही पनि हुँदैन । कसका के कति बुँदे घोषणा हामीलाई कुनै सरकार छैन । हामी जान्दैनौं उसैबेला भनेको छ । उहाँले सोध्ने पनि होइन,’उनले भने । 

हिजो मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे व्याख्यात्मक टिप्पणीलाई सम्झौताको टिप्पणी बनाउने कि नबनाउने भनेर एमसीसीका अधिकारीसँग जानकारी लिइने बताएका थिए । एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणमा लागि हिजो नेपाल आइपुगेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्