२६ जेठ २०८३, मंगलबार

६० किलो सुन प्रकरण : दावालाई सहयोग गरेको आरोपमा भारतबाट एक जना पक्राउ

भदौ १३, २०८०
काठमाडौं
६० किलो सुन प्रकरण : दावालाई सहयोग गरेको आरोपमा भारतबाट एक जना पक्राउ
फाइल फोटो

६० किलो सुन प्रकरणमा भारतबाट एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा काठमाडौंका किशोर बस्नेत रहेका छन् ।

उनलाई सीआईबीको टोलीले इनटरपोलको सहयोगमा भारतबाट पक्राउ गरेको हो ।

सुन तस्करीको आरोपमा पक्राउ परेका दावा छिरिङलाई नेपालमा सहयोग गरेको र सुन प्रकरणमा समेत संलग्नता रहेको आराेपमा उनलाई पक्राउ गरिएको हो।

राजस्व अनुसन्धान विभागले साउन २ गते १५० केजी सुनसहित मोटरसाइकलको ब्रेक सू बरामद गरेको थियो । त्यसलाई गाल्दा ६० केजी सुन भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्