२७ जेठ २०८३, बुधबार
सुन तस्करी प्रकरण

सुनकाण्डमा कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

भदौ १३, २०८०
काठमाडौं
सुनकाण्डमा कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

त्रिभुवन विमानस्थलमार्फत भएको सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् ।

भेपमार्फत भएको ९ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा महरालाई बुधवार दिउँसो पक्राउ गरिएको सीआईबी उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो ।

सीआईबीमा सोधपुछका लागि बोलाइएका बेला त्यहीँबाट पक्राउ गरिएको हो ।

'कथित ठूलो भनिएको मिडियाले ग्वेयल्स शैलीमा मिडिया ट्रायल गरी हामीमाथि हिलो छ्याप्ने कोशिश भएकाले स्वयं सीआईबीमा उपस्थित भई अनुसन्धानमा सहजीकरण गर्दैछु। नबिराउनु, नडराउनु,' राहुलले लेखेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले पनि राहुल महरालाई पक्राउ गरिएको पुष्टि गरे ।

प्रहरी स्रोतका अनुसार करीब ६० किलो सुनकाण्डमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँगको कनेक्सनका आधारमा राहुललाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नुअघि राहुलले आफू सीआईबीमा जाँदै गरेको उल्लेख गर्दै फेसबूक स्टाटस लेखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्