२६ जेठ २०८३, मंगलबार

दीपक बोहरा बोल्न नसकेपछि ज्ञानेन्द्र शाहीले गरिदिए संसद्‌मा सम्बोधन

भदौ २१, २०८०
काठमाडौं
दीपक बोहरा बोल्न नसकेपछि ज्ञानेन्द्र शाहीले गरिदिए संसद्‌मा सम्बोधन

रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य दीपक बोहरा बोल्न नसकेपछि उनको तर्फबाट राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीले संसद्‌मा सम्बोधन गरिदिएका छन् । 

बिहीवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा सभामुख देवराज घिमिरेले शाहीलाई बोल्नका लागि समय दिएका थिए । 

‘सम्माननीय सभामुख महोदय म आज प्रतिनिधिसभा रुपन्देही क्षेत्र नम्बर ३ का सदस्य दीपक बोहराको तर्फबाट बोल्न गइरहेको छु’ शाहीले यसरी सम्बोधन शुरु गरे । कांग्रेस नेता बालकृष्ण खाँणलाई हराएर बोहरा संसद्‌मा आएका थिए ।

घाँटीमा समस्या रहेका कारण बोहरा संसद्‌मा बोल्न सकेका छैनन् । चुनावको बेला पनि उनी मञ्चमा उभिएर अरूले नै सम्बोधन गरेका थिए । ज्ञानेन्द्र शाहीले सम्बोधन गरिरहेको समयमा बोहरा घाँटीमा बेल्ट लगाएर संसद्‌मा बासिरहेका थिए ।

दीपक बोहराका तर्फबाट गरिएको सम्बोधनका क्रममा शाहीले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भइरहेको ढिलाइबारे बोले । ‘उद्‌घाटन भएको १५ महिनासम्म लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल किन चल्न सकेको छैन ?’ उनले सरकारलाई प्रश्न गरे ।

यस्तै लुम्बिनी विकास गुरुयोजना ४५ वर्षसम्म अगाडि बढ्न नसकेकोमा उनले  चिन्ता व्यक्त गरे । 

उपचार नपाएर काठमाडौंको कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको घटनाबारे उनले भने – ‘गणतन्त्र आएपछि किन एउटै सरकारी अस्पताल बनेन ? अस्पताल नबनाउने ? संसदमा कुर्लिएर मात्र हुँदैन ।’

salt training

कमेन्ट गर्नुहोस्