२६ जेठ २०८३, मंगलबार

स्वदेशमै रोजगार वृद्धि र सीप विकासका लागि सरकार प्रयत्नशील छ : श्रममन्त्री भण्डारी

भदौ २१, २०८०
काठमाडौं
स्वदेशमै रोजगार वृद्धि र सीप विकासका लागि सरकार प्रयत्नशील छ : श्रममन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले स्वदेशमै रोजगार वृद्धि र सीप विकास तालिमका लागि नेपाल सरकार प्रयत्नशील रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले नेपालको संविधानमा रहेको रोजगारीको हकको कार्यान्वयनका लागि सरकार क्रियाशील रहेको स्पष्ट गरेका हुन् ।

सूचीकृत बेरोजगारलाई प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी दिइएको जानकारी दिँदै उनले मुलुकमा आर्थिक गतिविधि सहज भएको स्थितिमा स्वदेशमै रोजगारी वृद्धि हुने बताए ।

मन्त्री भण्डारीलाई पूरक प्रश्न गर्दै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले रोजगारी सिर्जना हुने केही सरकारी निकायका सार्वजनिक संस्थालाई बेचिएकाले बेरोजगारी बढेको होइन र भन्ने जिज्ञासा राखेका थिए ।

जवाफमा मन्त्री भण्डारीले ७ सय ५३ वटै पालिकामा रोजगार सेवा केन्द्र स्थापना भएकाले त्यहाँ कस्ता खालका बेरोजगारी छन् र कस्ता सीप तालिम आवश्यक छन् भन्ने विषयमा सूचना प्रविधिको प्रयोगसहित सरकारले आवश्यक गृहकार्य गरिरहेको स्पष्ट गरे ।

salt training

कमेन्ट गर्नुहोस्