×

Dabur
MG

नेपाल–इटाली व्यापार सम्बन्ध प्रगाढ छ : एनआईसीसीआई

काठमाडाैं | भदौ ३०, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

नेपाल इटाली चेम्बर अफ कमर्श (एनआईसीसीआई)ले नेपाल–इटाली व्यापार सम्बन्ध प्रगाढ बन्दै गएको जनाएको छ ।

yONNEX
Sagarmatha Cement

एनआईसीसीआईका अध्यक्ष सञ्जय अग्रवालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले यही भदौ १७–२३ सम्म इटालियन चेम्बरहरू रोम र मिलानको ऐतिहासिक भ्रमण गरेको थियो । भ्रमणपश्चात् एनआईसीसीआईले यस्तो प्रतिक्रिया दिएको हो ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

भ्रमण द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्न, व्यापारका अवसरहरूको सम्भाव्यता अध्ययन गर्नका साथै नेपाल र इटालीबीच व्यापारिक र सांस्कृतिक सम्बन्ध निर्माण तथा विस्तारमा केन्द्रित रहेको एनआईसीसीआईले जनाएको छ ।


Advertisment
Kumari
Saurya island
Pardeshi

नेपालले रोम चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्री र मिलान चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीसँग पहिलो पटक भेट गरेको हो । दुवै इटालीयन संस्था व्यवसायिक सहयोगका लागि प्रख्यात रहेका छन् ।

Vianet communication
Laxmi Bank

null

यो बैठकले इटालियन सरकारी अधिकारीहरू र एसोकामेरेस्टेरोको सार्वभौम परिप्रेक्ष्यमा एनआईसीसीआईको स्थापना, मान्यता, भविष्य र युरोपेली संघको लागि साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्दै ठूलो महत्व राखेको छ ।

यी भेटहरूमा रोमस्थित नेपालका लागि सम्मानित महावाणिज्यदूत पाओलो नुगारीसँग छलफल भएको थियो ।

सन् १९७० देखि नेपालको व्यापक अनुभवसँगै नुगारीले नेपालको भविष्यको लागि आफू आशावादी रहेको बताएका थिए । इटाली सरकारले एनआईसीसीलाई मान्यता दिलाउन सहयोग गर्ने उनको प्रतिज्ञा थियो ।

यी भेटवार्तासँगै नेपाल र इटालीबीचको सम्बन्धको आधिकारिक शुरूवातको रूपमा इटालियन बिजनेस ल्यान्डस्केपको ढोका खुला भएको एनआईसीसीआईले जनाएकाे छ । साथै एनआईसीसीआईले दुई राष्ट्रबीचको व्यापारिक सहकार्य र अवसरहरूको नयाँ युगको शुरूवात गर्न तयार रहेकाे जनाएकाे छ।

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनआईसीसी) नेपाल र इटालीबीचको व्यापार र वाणिज्य प्रवर्द्धनमा समर्पित संस्था हो ।

पारस्परिक रूपमा लाभदायक साझेदारीलाई प्रवर्द्धन गर्न र दुई राष्ट्रबीचको व्यापार वृद्धिलाई सहजीकरण गर्न एनआईसीसीआई समर्पित छ ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ५, २०८०

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (एनईपीएस)को अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त भएका छन् ।​ न्यौपाने माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत हुन् । उनी यसअघि माछापुच्छ्रे बैंक...

असोज ५, २०८०

संविधानको मर्म र आयकर ऐनविपरीत आर्थिक ऐन, २०८० मा 'भूतप्रभावी' व्यवस्था राखेर अतिरिक्त कर लगाउने सरकारी कदम विवादित बनेको छ । चालू आर्थिक वर्ष २०८०/०८१ को बजेटअन्तर्गत आएको आर्थिक ऐनमा भूतप्रभावी व्य...

असोज ५, २०८०

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘दोस्रो सूर्यज्योति सेल्स कन्भेन्सन’ सम्पन्न भएको छ ।​​​ देशभरका प्रदेश प्रमुख, क्षेत्रीय प्रमुख, शाखा प्रबन्धक र सेल्स एक्सिक्युटिभहरू सहित करिब २०० भन्दा बढीक...

असोज ५, २०८०

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३३ रुपैयाँ २५ पैसा रहेको छ।   यसैगरी युरो एकको खर...

असोज ५, २०८०

ग्लोबल आईएमई बैंक लिमिटेडले सिराहाको कल्याणपुर नगरपालिका ११ कल्याणपुरमा ६५औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै मिर्चैया शाखाको ...

असोज ५, २०८०

 नेपाल राष्ट्र बैंकले आज शुक्रबार रु १० अर्बको पाँच वर्ष अवधिको विकास ऋणपत्र खुलाउने भएको छ । पाँच वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ञ’ बोलकबोल प्रक्रियाबाट निष्कासन गर्न लागिएको राष्ट्र बैंकले जना...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x