असोज १०, २०८०
घरेलु भूमिमा नेपाल भारतसँग पेनाल्टी सुटआउटमा स्तब्ध बनेको छ । बुधवार साँझ काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित हुँदै स्तब्ध बनेको हो ।&...
श्रीलंकाविरुद्ध फाइनलमा सनसनीपूर्ण प्रदर्शन गर्दै भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ ।
झिनो ५१ रनको लक्ष्यलाई ६.१ ओभरमा पूरा गर्दै भारतले एसिया कपको उपाधि जितेको हो । झिनो रनको लक्ष्य पछ्याउँदा १० विकेटले विजयी भयो । एसिया कपमा यो भारतको आठौं उपाधिसमेत हो ।
भारतलाई १० विकेटले जिताउने क्रममा ओपनर शुभमन गिलले २७ र इशान किशानले २३ रनको योगदान दिए ।
मोहम्मद शिराजले ६ विकेट लिएपछि भारतले ५१ रनको झिनो लक्ष्य प्राप्त गरेको थियो ।
टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाका ब्याटिङ लाइनअप ध्वस्त बनाउने क्रममा भारतीय फास्ट बलर मोहम्मद शिराजले सनसनीपूर्ण ६ विकेट लिए ।
पहिलो ओभरमै जसप्रित बुमराहले विकेट लिएपछि शिराजले चौथो ओभरमा श्रीलंकालाई चार विकेट लिएर ध्वस्त पारेका हुन् ।
उनले एकै ओभरमा श्रीलंकाको चार विकेट लिएपछि श्रीलंका धर्मरायो ।
५.४ ओभरमा ५ विकेट पूरा गरेका शिराजले ११.२ ओभरमा व्यक्तिगत छैटौं विकेट लिए ।
७ ओभरमा १ मेडन राख्दै २१ रन दिएर शिराजले फाइनलमा ६ विकेट आफ्नो नाममा लेखाएका हुन् ।
हार्दिक पाण्ड्याले पनि २.३ ओभरमा ३ रन दिएर ३ विकेट लिए ।
भारतीय बलरसामु शुरूदेखि नै धर्मराएको श्रीलंका अन्ततः १५.२ ओभरमा ५० रन बनाएर अलआउट भयो ।
श्रीलंकाका लागि कुशल मेन्डिसले बनाएको १७ र दुशान हेमन्थले नटआउट बनाएको १३ रन नै उच्च दोहोरो अंकको रन बन्न पुग्यो ।
श्रीलंकाका ५ खेलाडीले कुनै रन बटुल्न सकेनन् । ५० रन बनाउँदा श्रीलंकाले ५ वटा मात्रै चौका प्रहार गर्यो ।
यो भारतको ८ औं एसिया कपको उपाधि हो ।
घरेलु भूमिमा नेपाल भारतसँग पेनाल्टी सुटआउटमा स्तब्ध बनेको छ । बुधवार साँझ काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित हुँदै स्तब्ध बनेको हो ।&...
चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनतर्फ नेपालको पुरुष टिम विजयी भएको छ । नेपाली टोलीले मंगोलियालाई हराएको हो । हान्झाउमा बिहीवार भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३&ndash...
१९औं एसियाली खेलकुद २०२२ अन्तर्गत ई स्पोर्टस् विधामा पब्जी मोबाइलको पिस एलिट प्रतिस्पर्धामा नेपाली टोली दोस्रो चरणमा पुगेको छ । हाङझाउ स्पोर्टस् सेन्टरमा आज भएको समूह ‘सी’ को पहिलो चरणमा नेपाल दोस्...
साफ यू–१९ च्याम्पियनसीपअन्तर्गत दोस्रो सेमिफाइनल खेलमा नेपालले भारतविरुद्ध गोल फर्काएको छ । पहिलो हाफमा भारतले एक शून्य गोलको अग्रता लिए पनि दोस्रो हाफको ७३ औं मिनेटमा नेपालले गोल फर्काएको हो । ने...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एसियाली खेलकुदअन्तर्गत मंगोलियाविरुद्धमा विभिन्न कीर्तिमान बनाउँदै भारतीय क्रिकेटरका समेत ‘रेकर्ड’ तोडेका नेपाली खेलाडीहरूलाई बधाई दिएका छन् । उनले बिहीवार...
गोरखा– लिगलिगकोट राजा छनोट गर्न लागि हरेक वर्ष आयोजना गर्ने गरिएको लिगलिगे दौड प्रतियोगितामा सहभागी हुन चाहाने खेलाडीका लागि यस वर्ष अनलाइनमार्फत फारम भर्न खुला गरिएको छ । लिगलिग विकास अभिय...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...