२७ जेठ २०८३, बुधबार

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता, नेपालको शान्ति प्रक्रियालगायत विषयमा छलफल

असोज १, २०८०
काठमाडौं
प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता, नेपालको शान्ति प्रक्रियालगायत विषयमा छलफल
प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरस । तस्वीर : प्रदीपराज वन्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको छ । राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्डले गएराति न्युयोर्कमा महासचिव गुटेरससँग भेटवार्ता गरेका हुन् । दुई जनाबीच न्यूयोर्कस्थित राष्ट्रसंघको कार्यालयमा भेट भएको हो ।

भेटमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, दीगो विकास लक्ष तथा अति कम विकसित देशहरूको आर्थिक विकासलगायत विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् । नेपाल र संयुक्त राष्ट्रसंघबीच आपसी हितको आदानप्रदान, सम्बन्ध र सहकार्यका लागि राम्रो समझदारी बनेको उनले बताए । 

प्रधानमन्त्री प्रचण्ड आजदेखि नै विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । 

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड आइतबार अमेरिका पुगेका थिए । 

न्युयोर्कस्थित जोन अफ केनेडी विमानस्थलमा आइतबार संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले प्रचण्डलाई स्वागत गरेका थिए । 

राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर प्रचण्ड असोज ५ गते अमेरिकाबाट चीन प्रस्थान गर्ने कार्यक्रम छ । 

नेपाली टोलीको प्रतिनिधित्व गर्दै प्रचण्ड शनिबार साँझ अमेरिका प्रस्थान गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्