असोज ६, २०८०
एक समयकी ‘हिट’ अभिनेत्री झरना थापा पछिल्लो समय निर्देशकका रूपमा सक्रिय छिन् । ६ वर्षअघि ‘ए मेरो हजुर २’बाट निर्देशनमा होमिएकी उनले त्यसपछि क्रमशः ‘ए मेरो हजुर’को तेस्...
अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९६ औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले विक्रम सापकोटा निर्देशित फिल्म ‘हल्कारा’लाई सिफारिस गर्ने निर्णय गरेको छ ।
समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त फिल्ममध्येबाट ‘हल्कारा’लाई सिफारिस गरेको हो ।
नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०८० असोज २९ गतेभित्र फिल्म बुझाउन आग्रह गरेको थियो । सोही सूचना अनुसार नेपालबाट चलचित्रहरू डाकिनी, हल्कारा, नीरफूल, बुलाकी र बगानले सहभागिताका लागि आवेदन दिएका थिए ।
समितिले प्राप्त फिल्ममध्ये प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी ‘हल्कारा’लाई सिफारिस गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।
अस्कर अवार्ड मार्च १० का दिन आइतबार लस एञ्जल्सको डल्बी थिएटरमा सम्पन्न हुनेछ । नेपालमा राजु के.सी.को अध्यक्षतामा पाँच सदस्यीय इन्टरनेसनल फिचर फिल्म छनोट समिति रहेको छ । समितिमा मन्जु कुमार श्रेष्ठ, गौतम धिमाल, सामीप्यराज तिमल्सेना, रीतिका भट्टराई सदस्य रहेका छन् ।
‘हल्कारा’मा महेश त्रिपाठी र विनिता थापा मगरको शीर्ष भूमिका छ ।
एक समयकी ‘हिट’ अभिनेत्री झरना थापा पछिल्लो समय निर्देशकका रूपमा सक्रिय छिन् । ६ वर्षअघि ‘ए मेरो हजुर २’बाट निर्देशनमा होमिएकी उनले त्यसपछि क्रमशः ‘ए मेरो हजुर’को तेस्...
चलचित्र ‘नाङ्गो गाउँ’ले बक्स अफिसमा राम्रो व्यापार गरेपछि निर्माणपक्षले यसको सिक्वेलको निर्माण घोषणा गरेको छ । चलचित्रका निर्माता हिमाल कडरिया र लेखक तथा निर्देशक दीपेन्द्र लामाबीच सिक्वेल बनाउने विषय...
बडा दशैँको अवसर पारेर यही असोजको २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी–२’ले प्रदर्शन अनुमति प्राप्त गरेको छ । केन्द्रीय चलचित्र जाँच समितिले नारायण रायमाझी निर्देशित मल्टिस्ट...
नेपाली चलचित्र ‘नाङ्गो गाउँ’ले ६ दिनमा ३ करोड माथिको ग्रस कलेक्सन गरेको वितरकले बताएका छन् । भदौको २९ गतेबाट प्रदर्शनमा आएको दीपेन्द्र लामा निर्देशित चलचित्रले बुधवारसम्ममा ३ करोड ३५ लाख ग्...
हिजो काम, आज काम काम विदेशमा काम भन्दा के नै छ र आमा विदेशमा ‘परदेशी–२’ चलचित्रमा समावेश नयाँ गीत ‘हिजो काम...’लाई स्रोता एवं दर्शकले रुचाएका छन् । सतिश चापा...
असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतीक्षित चलचित्र ‘परदेशी २’ले यतिबेला प्रचारप्रसारलाई तीव्र बनाएको छ । देशका विभिन्न मुख्य सहरमा प्रचार गरिरहेको चलचित्रका कलाकार तथा निर्देशक दुई दिनदेखि न...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...