×

बाढीपछि लिबिया गएका ग्रीसको सहायता टोलीका ५ सदस्यको मृत्यु

काठमाडाैं | असोज १, २०८०

एथेन्स– डेर्नामा आएको विनाशकारी बाढीपछि लिबिया पठाइएको ग्रीक मानवीय सहायता टोलीका पाँच सदस्यको सडक दुर्घटनामा परी मृत्यु भएको ग्रीसको सेनाले सोमबार जनाएको छ ।

‘सहायता टोलीमा रहेका ग्रीक सेनाका तीन अधिकारी र ग्रीसको विदेश मन्त्रालयका दुई अनुवादकसहित पाँच जनाको शव सोमबार एथेन्स फर्काइनेछ,’ ग्रीसका चिफ अफ स्टाफले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


Advertisment

लिबियाली अधिकारीहरूले आइतबार बेन्गाजीबाट पूर्वतर्फ ३०० किलोमिटर ९१८५ माइल० टाढा डेर्नातर्फ जाँदै गरेको ग्रीक टोली दुर्घटनामा परी चार जनाको मृत्यु भएको बताएका थिए ।


Advertisment

लिबियाका स्वास्थ्यमन्त्री ओथमान अब्देलजालिलले ग्रीक टोलीका १९ जना सदस्य बोकेको गाडी लिबियाली परिवार बोकेको कारसँग ठोक्किँदा दुर्घटना भएको बताएका छन् । उनका अनुसार कारमा सवार तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

घाइते भएका ग्रीक गाडीमा सवार अन्य १४ सदस्यमध्ये एक जनाबाहेक सबैलाई उपचारका लागि ग्रीस फर्काइएको छ । लिबियामा घाइते भएका एक व्यक्तिलाई ग्रीस फर्कन नदिएपछि अस्पताल भर्ना गरिएको सेनाले जनाएको छ ।

ग्रीसले आइतबार लिबियामा डेनियल आँधीपछि आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा मानवीय सहायता पठाएको थियो । उक्त सहायतामा मेडिकल र नर्सिङ स्टाफका साथै मेडिकल सामग्री र खाद्यान्न पनि समावेश थियो । –रासस 

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x