असोज १२, २०८०
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्र गुट बनाउन कसैलाई छुट नभएको बताएका छन् । एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको शुक्रवार उद्घाटन कार्यक्रममा उनले सहमतिमा नेतृत्व चयन नभए ...
नेकपा (माओवादी केन्द्र) पार्टी एकताका लागि नाम फेर्न तयार देखिएको छ । पार्टी महासचिव देव गुरुङले सोमवार एक परिपत्र जारी गर्दै पार्टी एकतालाई सफल तुल्याउन नेकपाको पछाडि कोस्टमा रहेको ‘माओवादी केन्द्र’का बारेमा छलफल गर्न सकिने बताएका छन् ।
यद्यपि, माओवादी केन्द्रले पार्टीको नामबारे आगामी महाधिवेशनमा छलफल गरेर निर्णय लिन सकिने बताएको छ ।
‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेकपाको पछाडि कोस्टमा रहेको माओवादी केन्द्रका बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ,’ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव गुरुङले हस्ताक्षर गरेको परिपत्रमा भनिएको छ ।
यस्तै, संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)का सांसदहरूलाई संसद्को बैठक र विषयगत समितिका बैठकहरू प्रभावित नहुने गरी तीन महिने अभियानमा उपत्यकामा जिम्मेवारी दिनसमेत माओवादी केन्द्रले निर्णय गरेको छ ।
अहिले माओवादी केन्द्रले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित विचार मिल्ने दलहरूसँग एकताको प्रयास गरिरहेको छ ।
आफ्नो नाममा माओवादी पृष्ठभूमिका अन्य दलले असहमति जनाएपछि माओवादी केन्द्रले विकल्प खुला राखेको हो ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्र गुट बनाउन कसैलाई छुट नभएको बताएका छन् । एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको शुक्रवार उद्घाटन कार्यक्रममा उनले सहमतिमा नेतृत्व चयन नभए ...
नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश अधिवेशन भोलिबाट हुँदैछ । अधिवेशनको संघारमा प्रतिनिधि मनोनीत गर्ने विषयले एमाले भित्र विवाद सिर्जना गरेको छ । एमालेका केन्द्रीय सचिव एवं कोशी प्रदेश इन्चा...
नेकपा एमाले लुम्बिनी प्रदेशको बैठकले आगामी पुसभित्र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । लुम्बिनीमा १२ जिल्ला छन् । तीमध्ये रूकुम पूर्वमा मंसिरमा र अन्य जिल्लाको पुसभित्र अधिवेशन गर्ने निर्णय भएको केन्द्री...
गतवर्षको माघमा सञ्चारकर्मी ऋषि धमलापत्नी एलिजा गौतम रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरिन् । सो पार्टीमा प्रवेश गरेसँगै केही समय राजनीतिमा सक्रियता बढाएकी अभिनेत्री समेत रहेकी गौतम यति...
गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आजै रातको १२ः०० बजेदेखि चालु अधिव...
नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी रहेको छ । सहमतिमा नेतृत्व चयनका लागि चार दिनसम्म कसरत भए पनि सहमति नजुटेपछि शुक्रवार दिउँसो साढे एक बजेबाट विद्युत...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...