×

Dabur
MG

राष्ट्रिय महिला भलिबलको उपाधि पुलिसलाई

कास्की | असोज २, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

पोखरामा आयोजना गरिएको महिला तथा पुरुष ‘लामाचौर कप’ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ नेपाल पुलिस क्लबले जितेको छ ।पोखराको लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा साबिक विजेता विभागीय टोली पुलिसले चिरपरिचित प्रतिद्वन्द्वी न्यू डायमन्ड युथ स्पोर्ट्स काठमाडौँलाई ३—१ सेटमा पराजित गरी उपाधि रक्षा गरेको हो । 

yONNEX
Sagarmatha Cement

नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) ले तीज पर्वका अवसरमा राष्ट्रिय भलिबल प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिएको हो । पुलिसले डायमन्डमाथि १८—२५, २५—२२, २५—१४ र २५—२० को सेटमा पराजित गरेको हो । पहिलो सेटमा पराजय भोगेको पुलिसले लगातार तीन सेट आफ्नो पक्षमा पार्न सफल भयो ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

null
    
पुलिसले उपाधिसहित नगद एक लाख ५० हजार एक सय ११, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेतामा चित्त बुझाएको डायमन्डले एक लाख एक सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पायो ।


Advertisment
Kumari
Saurya island
Pardeshi

सशस्त्र प्रहरीको एपीएफ क्लबले प्रतियोगितामा तृतीय हुँदै ५० हजार एक सय ११ पुरस्कार पायो । महिला भलिबलमा नेपाल पुलिस क्लब, न्यू डायमन्ड, सशस्त्र प्रहरीको एपिएफ क्लब र एभरेष्ट भलिबल क्लब बुटवलले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । 

Vianet communication
Laxmi Bank

प्रतियोगितामा पुुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्बलबीचको फाइनल खेल रोकिएको छ । फाइनलमा दुई सेटको खेल समाप्तिपछि अँध्यारो भएपछि खेल रोकिएको हो ।

पुरुषतर्फको फाइनल खेल मङ्गलबार बिहान हुने आयोजकले जनाएको छ । रासस
 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ११, २०८०

१९‍औं एसियाली खेलकुदमा मङगोलियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई रोयल ब्लूले सम्मान गर्ने भएको छ । उनीहरूको अविश्वसनीय उपलब्धिको कदरस्वरूप दुवै जनालाई २/२ लाख&...

असोज ११, २०८०

चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनतर्फ नेपालको पुरुष टिम विजयी भएको छ । नेपाली टोलीले मंगोलियालाई हराएको हो । हान्झाउमा बिहीवार भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३&ndash...

असोज ११, २०८०

एकदिवसीय (ओडीआई) विश्वकप खेल्न बाबर आजमको कप्तानीमा आएको पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीलाई भारतमा ‘न्यानो’ स्वागत गरिएको छ । बुधवार साँझ गुजरातस्थित हैदराबाद पुगेको पाकिस्तानी टोलीलाई त्यहाँ ...

असोज ११, २०८०

गोरखा– लिगलिगकोट राजा छनोट गर्न लागि हरेक वर्ष आयोजना गर्ने गरिएको लिगलिगे दौड प्रतियोगितामा सहभागी हुन चाहाने खेलाडीका लागि यस वर्ष अनलाइनमार्फत फारम भर्न खुला गरिएको छ ।  लिगलिग विकास अभिय...

असोज १०, २०८०

साफ यू–१९ च्याम्पियनसीपअन्तर्गत दोस्रो सेमिफाइनल खेलमा नेपालले भारतविरुद्ध गोल फर्काएको छ । पहिलो हाफमा भारतले एक शून्य गोलको अग्रता लिए पनि दोस्रो हाफको ७३ औं मिनेटमा नेपालले गोल फर्काएको हो । ने...

असोज ११, २०८०

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एसियाली खेलकुदअन्तर्गत मंगोलियाविरुद्धमा विभिन्न कीर्तिमान बनाउँदै भारतीय क्रिकेटरका समेत ‘रेकर्ड’ तोडेका नेपाली खेलाडीहरूलाई बधाई दिएका छन् । उनले बिहीवार...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x