×

Dabur
MG

सरसर्ती २४ घण्टा

नाम फेर्दै माओवादी, देउवाको चाहनाविपरीत सरकार परिवर्तन गर्ने पक्षमा शेखर

काठमाडाैं | असोज २, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ ।
नेकपा (माओवादी केन्द्र) पार्टी एकताका लागि नाम फेर्न तयार देखिएको छ । पार्टी महासचिव देव गुरुङले सोमवार एक परिपत्र जारी गर्दै पार्टी एकतालाई सफल तुल्याउन नेकपाको पछाडि कोस्टमा रहेको ‘माओवादी केन्द्र’का बारेमा छलफल गर्न सकिने बताएका छन् ।  

yONNEX
Sagarmatha Cement

माओवादी केन्द्रले पार्टीको नामबारे आगामी महाधिवेशनमा छलफल गरेर निर्णय लिन सकिने बताएको छ । माओवादीले नेकपा एकीकृत समाजवादी, जसपा, नेकपा, नेसपालगायतका दलसँग एकताको पहल गर्दै आएको छ । 
००००
पार्टीको संस्थापन पक्षले पुष्पकमल दाहाल प्रचण्ड ‘नेतृत्व’कै सरकारको निरन्तरता चाहिरहेका बेला प्रभावशाली नेता डा शेखर कोइरालाले पछिल्लो केही सातायता निरन्तर कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने विषय उठाउँदै आएका छन् । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

कतिसम्म भने सभापति शेरबहादुर देउवासमेत सहभागी कार्यक्रममा शेखरले मुखै फोरेर ‘सरकारले प्रभावकारी काम गर्न सकेन । हाम्रा मन्त्रीले पनि प्रभावकारी कार्यसम्पादन देखाउने अवस्था भएन, अब कांग्रेसले नेतृत्व गर्नुपर्छ’ भनेर देउवामाथि दबाब बढाए ।


Advertisment
Kumari
Saurya island
Pardeshi

तर, १० पुसमा आफ्नै अव्यावहारिक निर्णयले गुमेको सत्ता र शक्ति बल्लतल्ल फर्काएका देउवा शेखरको यो लाइनसँग टसमस देखिएका छैनन्, किनकि ठूलो दल भएर पनि सत्ताबाट विमुख हुनु परेपछि निकै कसरत गरेर देउवाले पार्टीलाई केन्द्रदेखि सबै प्रदेशको सत्तामा कांग्रेसलाई फर्काए ।  
यतिमात्रै होइन, अहिलेको सत्ता गठबन्धनबीच प्रचण्डले दुई वर्ष, नेकपा एकीकृत समाजवादीका माधव नेपालले बीचमा एक वर्ष र अन्तिममा दुई वर्ष देउवाले सरकारको नेतृत्व गर्ने समझदारी भएको बताइन्छ । तर, एमालेपछि कांग्रेसको सहयोगमा प्रचण्डले सरकार चलाएको ९ महिना पनि नबित्दै शेखरले हरेकजसो सार्वजनिक मञ्चमा बोल्दा सरकार परिवर्तनको विषयलाई प्राथमिकता साथ उठाउँदै आएका छन् ।

Vianet communication
Laxmi Bank

००००
संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा संचालन भइरहेको सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा विश्वका अति कम विकसित देशहरूको समूहका अध्यक्ष नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन् । 

 प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित देशहरूका पक्षमा अन्तर्राष्ट्रिय समुदायले यसअघि गरेको प्रतिबद्धता कार्यान्वयनमा जोड दिए ।
००००
असोज ४ मा बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि नेपाली कांग्रेसको डा शेखर कोइराला पक्षले तयारी बैठक बोलाएको छ । 
कोइरालाले बैठकको तयारीमा लागि आफ्नो पक्षका पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापतिसहितका नेताको बैठक बोलाएका हुन् । 
साथै बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाइएको छ । 

बैठक मंगलवार दिउँसो २ बजे कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बस्ने जानकारी उनका स्वकीय सचिव दिनेश थपलियाले दिए ।
००००
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषद्का सदस्यहरूसँग समसामयिक विषयमा छलफल गरेका छन् ।  सोमबार सबै मन्त्रीहरूलाई रक्षा मन्त्रालयमा बोलाएर छलफल गर्दै उनले आ–आफ्नो मन्त्रालयको काम जनतालाई सन्तुष्ट हुने गरी कार्यसम्पादन गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।
००००
नेकपा एमालेले कोशी प्रदेशमा सरकार टिकाउनका लागि आफैँबाट अलग भएको दल नेकपा एकीकृत समाजवादीको साथ खोजेको छ । 
 सत्ता संकटमा परेपछि मुख्यमन्त्री हिक्मत कार्कीले एकीकृत समाजवादीको साथ खोजेका हुन् । मुख्यमन्त्री कार्कीले एमालेका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री शेरधन राईमार्फत छलफल अघि बढाएका छन् ।
००००
विद्यालय बन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको नेपाल शिक्षक महासंघलाई सरकारले वार्तामा बोलाएको छ । 
संविधान दिवसको दिनबाट घोषणा गरेको विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगन गरी मंगलबार वार्तामा आउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आह्वान गरेको हो ।
००००
आगामी असोज ६ देखि २० गतेसम्म पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मलेखु सडक बन्द रहने भएको छ । उक्त सडक खण्डको विस्तार तथा निर्माण कार्यलाई सहजीकरण गर्न राति ११ बजेदेखि बिहान ३ बजेसम्म सडक  बन्द गर्नेगरी निर्णय भएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
००००
गृह मन्त्रालयबाट जारी ’प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ सोमबार राजपत्रमा प्रकाशित भएको छ । जारी निर्देशिकाअनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसुर चारित्रिक प्रमाणपत्रमा उल्लेख हुनेछैन ।
००००
नेपाली नारीको महान् पर्व तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा करिब पाँच लाख दर्शनार्थीले दर्शन, एवं पूजा आराधना गरेका छन् ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।
००००
सिमकार्ड डुप्लिकेसन गरी रु छ लाख दुई हजार पाँच सय ४८ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी  सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–६ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्ने २२ वर्षीय सरोज दिवाली रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव २६ अङ्कले उकालो लागेर एक हजार नौ सय ६९ दशमलब १८ मा पुगेको छ ।
००००
टाटा मोटर्स जेनुइन आयलद्धारा प्रायोजित नाडा अटो शो २०२३ आइतवार सकिएको छ ।  अर्थमन्त्री डा प्रकाशशरण महतबाट शुभारम्भ भएकोे यस १५ संस्करणको अटो शो २०२३ मा करिब ७६ हजार एकसय दर्शकहरुले अवलोकन गरेको आयोजकले जनाएका छन् ।
००००
काठमाडौं उपत्यकाका सबै नगरपालिकाले स्मार्ट सडकबत्ती, हाइमास्ट लाइट र चार्जिङ स्टेशन जडान गर्ने प्रक्रिया तत्काल शुरू गर्ने भएका छन् । 
काठमाडौंको टोखा नगरपालिकाका बसेको काठमाडौं उपत्यका मेयर्स फोरमको बैठकले विद्युत प्राधिकरणसँगको साझेदारीमा उपत्यकामा तत्काल स्मार्ट सडकबत्ती, हाइमास्ट लाइट र चार्जिङ स्टेशन जडानको काम शुरू गर्ने निर्णय गरेको हो ।
००००
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सोमवार पनि स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंका केही न्यायाधीशको सरुवा भएको तथा केही बढुवा भएर जान लागेकाले ७–८ वटा फाँटका मुद्दाको पेशी स्थगित भएको सूचना अधिकारी दीपक दाहालले बताए ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १२, २०८०

नेकपा (एमाले) बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । बिहान साढे ११ बजे शुरू हुने भनिएको मतदान साढे १ बजे शुरू भएको हो ।  यसअघि आजै बिहान ८ बजेदेखि शुरू हुने भनिएको...

असोज १२, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण उपलब्धिमूलक नभएको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रवार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री...

असोज १२, २०८०

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन नेपालका लागि पिलो (शरीरको घाउ) साबित भएको बताएका छन् । शुक्रवार विराटनगरमा एमाले कोशी प्रदेश कमिटीको अधिवेशन उद्घाटन गर्दै &...

असोज १२, २०८०

नेकपा (एमाले) बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि अझै मतदान शुरू हुन सकेको छैन । बिहान साढे ११ बजे शुरू हुने भनिएको मतदान साढे १ बज्दासमेत शुरू हुन सकेको छैन ।  यसअघि आजै बिहान ८ बज...

असोज १२, २०८०

नेकपा (एमाले)को बाग्मती प्रदेश नेतृत्वका लागि आज मतदान हुँदैछ । बिहान साढे ११ बजे मतदान शुरू गर्ने कार्यतालिका छ ।  सहमतिमै नेतृत्व चयन गर्ने लामो प्रयास सफल नभएपछि मतदान हुन लागेको हो । ...

असोज १२, २०८०

प्यानल बनाए उम्मेदवारी नै खारेज गर्ने अध्यक्ष केपी शर्मा ओलीको चेतावनीबीच एमाले बागमती प्रदेश कमिटीमा प्यानलगत प्रतिस्पर्धा देखिएको छ । सहमति जुटाउने भन्दै चार दिनसम्म अड्काए पनि अध्यक्षका उम्मेदवारद्वय कृष्णप्रसाद...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x