×

Dabur
MG

पर्यटकको आकर्षक गन्तव्य बन्दै भोजपुरको महभिर झरना

भोजपुर | असोज २, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्याको वृद्धि हुन थालेको हो ।

yONNEX
Sagarmatha Cement

भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित यो झरनामा बाह्रै महिना पानी उत्तिकै मात्रामा बग्ने गर्दछ । सडकको सहज पहुँच भएसँगै पर्यटकको आगमन बढेको स्थानीयवासीको भनाइ छ । झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मनै लोभ्याउने गरेको छ । दैनिक दर्जनौं मानिस झरनामा रमाइलो गर्न पुग्ने गरेको स्थानीयवासीको भनाइ छ ।
 
झरनाको अझ प्रचार–प्रसारसँगै आवश्यक पूर्वाधारको विकास गर्नसके गाउँपालिकालाई आर्थिक स्रोत विकासमा टेवा पुग्ने स्थानीयवासी बुद्धप्रसाद राईले बताए । विषेशगरेर गर्मीको समयमा धेरै पर्यटकको जमघट हुने उनको भनाइ छ । शनिबार र अन्य बिदाको समयमा मानिस विभिन्न ठाउँबाट घुम्न आउने गरेको उनले जानकारी दिए । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

'महभिर झरनामा पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ,' उनले भने, 'दैनिकजसो दजनौँ मानिस आउने गरेका छन् । यसलाई अझ प्रचार–प्रचारमा ध्यान दिन सक्ने हो भने गाउँपालिकाको राम्रो आर्थिक स्रोत बन्न सक्छ ।'


Advertisment
Kumari
Saurya island
Pardeshi

भोजपुर र खोटाङको सदरमुकाम दिक्तेल जोड्ने मध्यपहाडी लोकमार्ग यही क्षेत्र भएर विस्तार भएकाले झरना हेर्ने मानिसको सङ्ख्यामा वृद्धि भएको स्थानीयवासी राईको भनाइ छ । झरना मुख्य राजमार्गबाट करिब साढे दुई किलोमिटरभित्र रहेको छ । यो क्षेत्र भएर यात्रा गर्ने मानिस प्रायः झरनाको अवलोकन गर्न जाने गरेका छन् ।
 
गाउँपालिकाको वडा नं ४ नागीमा रहेको यो झरना ६० मिटर अग्लो छ । विगतका वर्षमा भिरमौरी बस्ने भएकाले यो झरनाको नाम नै महभिर झर्ना रहेको स्थानीयले बताउने गरेका छन् । बाह्रै महिना भिरको छाँगोबाट झर्ने पानीले पर्यटकको मन लोभ्याउने गरेको छ । खास गरेर यहाँ गर्मीको समयमा बढी मानिस झरनाको मज्जा लिन पुग्ने गरेका छन् ।
 
गाउँपालिकाले यहाँ पुग्ने बाटोको विस्तारसँगै झरना वरिपरि पर्यटकलाई लक्षित गरेर आवश्यक संरचना निर्माणको काम गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले बताए । यो झरना गाउँपालिकाको पर्यटकीय क्षेत्रका रूपमा स्थापित भएको उनको भनाइ छ । 

Vianet communication
Laxmi Bank

'महभिर झरना पर्यटकको रोजाइको पर्ने पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ,' न्यौपानेले भने, 'दैनिक दर्जनौं मानिस पुग्ने गरेका छन् । हामीले यसको विकास तथा संरक्षणमा ध्यान दिएका छौँ । यसको थप विकास तथा विस्तारमा भावी दिनमा काम गर्ने योजना छ ।'
 
महभिर झरनालाई पर्यटकीय क्षेत्रका रूपमा स्थापित गराउने उद्देश्यका साथ विकासको काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । झरनासम्म पुग्ने सडकलाई कोशी प्रदेशसँगको सहकार्यमा व्यवस्थित गर्ने काम भइरहेको उपाध्यक्ष राईले बताइन् । टेम्केमैयुङ प्राकृतिक स्रोत तथा पर्यटकीय क्षेत्रको धेरै सम्भवना भएको गाउँपालिका रहेकाले यसलाई पर्यटनसँग जोडेर अगाडि बढाउने उपाध्यक्ष राईले जानकारी दिइन् । 

'टेम्केमैयुङ गाउँपालिका पर्यटन र कृषिमा धेरै राम्रो सम्भावना बोकेको गाउँपालिका हो,' उपाध्यक्ष राईले भननिन्, 'यहाँ धेरै पर्यटकीय क्षेत्र छन् । पर्यटनको सँगै यहाँको कृषिलाई जोडेर विकासमा जुटेका छौँ । महभिर झरना एक स्थापित पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ । यसलाई अझ  व्यवस्थित बनाउने योजनाका साथ काम गरिरहेका छौँ ।' मुख्यरूपमा गाउँपालिकाको कृषि र पर्यटनको विकासमा योजनाबद्धरूपमा काम भइरहेको उनको भनाइ छ । 

यो झरनासँगै गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकासमा प्राथमिकताका साथ काम गर्ने गाउँपालिकाले जनाएको छ । यो झरना हुँदै पदमार्ग विस्तार गरेर पर्यटकलाई सहज आगमनका लागि काम गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । पर्यटनलाई गाउँपालिकाको आर्थिक पक्षसँग जोड्ने लक्ष्य रहेको गाउँपालिकाको भनाइ छ । रासस

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १२, २०८०

पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युत्‌को खम्बामा बालिएको बत्ती निभाउने क्रममा उनलाई करेन्ट लागेको हो । आज बिहान ६ बजेको समयमा रामग्राम नगरपालिका–७ बस्ने जयप्रका...

असोज १२, २०८०

वीरगन्जस्थित बाल सुधार गृहबाट शुक्रवार दुई कैदी बन्दी फरार भएका छन् । कर्तव्य ज्यान मुद्दाका सर्लाही निवासी अमरकान्त ठाकुर र जबर्जस्ती करणी मुद्दाका सप्तरी निवासी पाण्डव यादव बाल सुधार गृहको छतबाट हामफालेर फरार...

असोज १२, २०८०

अर्थ समितिको कार्यविधि, २०८० स्वीकृत भएको छ ।  मस्यौदामाथि दफावार छलफलपछि समितिको आजको बैठकले कार्यविधि स्वीकृत गरेको सभापति सन्तोष चालिसेले जानकारी दिए ।  उनका अनुसार अर्थ मन्त्रालय, राष्ट्रिय...

असोज १२, २०८०

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेका छन् । एशोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा)को सातौं अधिवेशनमा सहभागी हुन उनी अमेरिका प्रस्थान गरेका हुन् । अध्यक्ष यादव...

असोज १२, २०८०

विराटनगरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ३ जहदाका २० वर्षीय दीपेन्द्रकुमार मण्डल र अर्का एक जना छन् । प्रहरीले उनीहरूलाई बिहीवार साँ...

असोज १२, २०८०

​​भारतमा सम्पन्न पहिलो मोटोजीपी इभेन्टको रोमाञ्चक साहसिक अनुभव बटुलेर नौ जना बाइकरहरूको टोली नेपाल फर्किएको छ । सेप्टेम्बर २४, २०२३ मा नोएडाको बुद्ध सर्किटमा उद्घाटन भएको बहुप्रतीक्षित मोटोजीपीमा राइडर्स टोल...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x