असोज ६, २०८०
ललितपुर– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार गरिएको छ । उद्धार गरिएका किशोरीलाई मन्त्री निवास पुल्चोकमा आज स्वागत गर्दै ...
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको कार्यान्वयनका लागि तीनवटै तहको सहकार्य आवश्यक रहेको बताएका छन् ।
संविधान दिवसका अवसरमा शुभकामना दिँदै उनले संविधानको भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रदेश सरकार प्रयत्नशील रहेको बताए ।
यसका लागि सङ्घीय र स्थानीय सरकारसँग निरन्तर सहकार्यको जरुरी रहेको उनको भनाइ छ ।
संविधानको भावनालाई जनजीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै उनले संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्नुपर्ने बताए ।
“लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्न विभिन्न कालखण्डमा भएका सङ्घर्षमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोर्नुभएका व्यक्ति, राजनीतिक दलका नेतृत्व, नागरिक समाजका व्यक्तिप्रति उच्च सम्मानसहित स्मरण गर्दछु”, सन्देशमा उल्लेख छ ।
नेपाली जनताको लामो सङ्घर्ष र बलिदानपछि २०७२ असोज ३ गते संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ घोषणा भएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले सन्देशमा संविधानले नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहित गर्नाका साथै जनता राज्य शक्तिको स्रोत भएको उल्लेख गरेका छन् ।
संविधानले निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको उनको भनाइ छ ।
ललितपुर– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार गरिएको छ । उद्धार गरिएका किशोरीलाई मन्त्री निवास पुल्चोकमा आज स्वागत गर्दै ...
काठमाडौँ महानगरपालिकाको श्रम बैंकमा चार सय आवेदन परेको छ । गत भदौ पहिलो साता कामपाले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग गरेको सूचनाअनुसार हालसम्म चार सय आवेदन परेको कामप...
पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालको संविधानले ठूल्ठूला क्रान्तिकारी परिवर्तन अँगालेको भए पनि कार्यान्वयन पक्ष सुखद् नभएको बताएका छन् । नेपालको संविधान बनेको ८ वर्ष पूरा भएको अवसरमा श...
विश्व शान्ति दिवसका अवसरमा काठमाडौंस्थित आत्मज्ञान प्रचार संघमा कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय कार्यालय समाखुशीसहित देशभरका झण्डै पाँच सय शाखामा शान्ति दिवस मनाइएको केन्द्रले जनाएको छ । कार्यक्रममा पूर्वमन्त्री...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले लेखापढी व्यवसायलाई मर्यादित बनाउन आग्रह गरेकी छन् । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आज चितवनको भरतपुरमा आयोजित सातौँ राष्ट्रिय परि...
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले नेपाल प्रहरी ‘सुरक्षित उपत्यका अभियान’मा लागेको बताएका छन् । सामुदायिक सेवा केन्...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...