२७ जेठ २०८३, बुधबार

‘यामाहा राइड टु मोटोजीपी’को टोली भारत प्रस्थान

असोज ३, २०८०
काठमाडौं
‘यामाहा राइड टु मोटोजीपी’को टोली भारत प्रस्थान

‘यामाहा राइड टु मोटोजीपी’को टोली भारततर्फ प्रस्थान गरेको छ । नौजना यामाहा प्रशंसक र उत्साही बाइकरहरू साहसिक अनुभवका लागि पहिलो मोटोजीपी इन्डियाको रोमाञ्चक दृश्यावलोकन गर्न त्यसतर्फ प्रस्थान गरेका हुन् ।

यस बहुप्रतीक्षित इभेन्ट २४ सेप्टेम्बर, २०२३मा बुद्ध सर्किट, नोएडामा हुने तय गरिएको छ । राइडर्स टोलीले २३ र २४ सेप्टेम्बरमा रेसको अनुभव लिनेछ र २७ सेप्टेम्बर २०२३ मा काठमाडौं फर्किनेछ ।​

रेसिङ गतिविधिहरूको पर्यायका रूपमा रहेको यामाहाले नेपालमा रेसिङ संस्कृतिको परिचय गराई यसको विकास र प्रबर्द्धन गर्न निरन्तर रूपमा काम गरिरहेको छ।

आफ्नो उद्देश्य अनुरूप नै यामाहाले रेसिङ स्पोर्ट्सलाई प्रतिबिम्बित गर्ने धेरै इभेन्टहरूसँग आफ्नो आबद्धता कायम राख्दै यसको प्रवर्द्धन समेत गरेको छ। ​

यामाहा नेपालले मोटोजिपी प्रत्यक्ष अवलोकन तथा अविस्मरणीय अनुभवका लागि दर्ता आह्वान गरेको थियो। 

कार्यक्रमले यामाहा मोटरसाइकलको पराक्रम मात्र नदेखाउने र खुला सडकमा ब्रान्ड प्रतिको माया अभिव्यक्त गर्ने राइडरहरूको जोशलाई उत्सवका रूपमा स्थापित गर्ने कम्पनीको विश्वास छ ।

संग्राम पुडासैनी, सुरेश जीसी, माइकल थापा, रुपेश पण्डित, राजकुमार कुशवाहा, अर्जित महर्जन, राजकुमार कार्की र तारा खड्का राइडरका रुपमा छानिएका थिए । यस्तै मार्सलका रूपमा प्रमोद श्रेष्ठ रहेका कम्पनीले जनाएको छ।

एमएडब्लू इन्टरप्राइजेज, टु–ह्विलर डिभिजनका सीईओ राजु क्षेत्रीले यामाहा राइड टु मोटोजीपीका लागि ठूलो संख्याका सहभागीहरू प्राप्त गरेको बताएका छन् । सीमित सिट भएकाले ८ जना मात्रै छनोट गरिएको उनको भनाइ छ ।

मोटोजिपी केही दक्ष राइडर र अत्याधुनिक मेसिनहरू सहितको संसारकै सबैभन्दा प्रतिष्ठित मोटरसाइकल रेसिङ च्याम्पियनशिपमध्ये एक हो।

रेसिङको दुनियाँमा आफ्नो गौरवशाली इतिहास बोकेको यामाहा यो रोमाञ्चक खेलको सधैं अग्रभागमा रहँदै आएको छ।

salt training

कमेन्ट गर्नुहोस्