कात्तिक २७, २०८०
गायक एवं सर्जक प्रकाश दूतराजको पछिल्लो गीतले तीन सातामै युट्युबमा करोड भ्युज पाएको छ । दशैंको छेको पारेर दूतराजले सार्वजनिक गरेको ‘रिमै...’ सोमवार करोड क्लबमा प्रवेश गरेको हो । यो ग...
साङ्गीतिक ब्याण्ड नेपथ्यले आउँदो अक्टोबरको १ तारिख (यही असोज १४ गते) मा पहिलो पटक क्यानाडामा आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएको छ ।
सन् २०२३ लाई मानवता प्रवर्द्धनका लागि साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्दै आएको नेपथ्यले यसपालि पहिलोपटक क्यानाडाको क्यालगरी सहरमा साङ्गीतिक प्रस्तुति दिन लागेको हो ।
त्यसपछि अक्टोबर ४ (असोज १७) मा भ्यानकुभर सहरमा प्रस्तुति दिने र अन्तिम शो भने अक्टोबर ८ (असोज २१) मा क्यानाडाको टोरन्टोमा प्रस्तुत गर्ने नेपथ्यले जानकारी दिएको छ ।
सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेपछि नेपथ्यले हालसम्म १६ वटा देशको २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ । क्यानाडा नेपथ्यको १७ औँ गन्तव्य राष्ट्र हुनेछ ।
केही समययता नेपालीका निम्ति क्यानाडा आप्रवासनको आकर्षक गन्तव्य बन्दै आएको छ । त्यसमा पनि विशेषगरी अध्ययनका लागि त्यसतर्फ जाने नेपाली विद्यार्थीको सङ्ख्या बर्सेनि बढ्दो छ ।
सन् २०२३ भरि नेपथ्यका सबै प्रस्तुतिलाई ‘मानवताका लागि सङ्गीत’ को नारासहित मानवता प्रवर्द्धन अभियानको शृङ्खलाको रूपमा प्रस्तुत गर्ने विचारअनुरूप यसपालिको नेपथ्य क्यानाडा शृङ्खला पनि त्यही नाराअन्तर्गत अगाडि बढ्ने छ ।
“क्यानाडामा हुने प्रायः नेपाली कार्यक्रम अमेरिकी यात्रासँग जोडिएर आयोजना गरिएको पाइन्छ”, व्यवस्थापन सम्हाल्दै आएको नेपालका किरणकृष्ण श्रेष्ठले भने, “नेपाली कलाकारले क्यानाडाको मात्र यात्रा गरेको घटना विरलै हुने गरेकोमा यसपालि त्यो सम्भावनाको ढोका पनि उघार्ने अठोट लिएका छौँ ।”
अघिल्लो महिनाको शृङ्खला जापानमा भएको थियो । यात्रामा सम्मिलित आठ जना प्राविधिज्ञ एवं व्यवस्थापक र छ सङ्गीतकर्मीसहित जम्मा १४ जनाको टोली क्यानाडा यात्रामा समावेश हुनेछ ।
“हाम्रो लागि क्यानाडा नयाँ गन्तव्य भए तापनि त्यहाँ बसोबास गर्ने नेपालीले देखाउनुभएको उत्साहबाट असाध्यै हौसला मिलिरहेको छ”, ब्याण्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङले भने, “दसैँको मुखमा स्वदेशको सम्झना र थुप्रै माया बोकेर मञ्चमा उभिनेछौँ ।”
क्यानाडाको तीनवटै कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गीतारमा नीरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिने जनाइएको छ ।
गायक एवं सर्जक प्रकाश दूतराजको पछिल्लो गीतले तीन सातामै युट्युबमा करोड भ्युज पाएको छ । दशैंको छेको पारेर दूतराजले सार्वजनिक गरेको ‘रिमै...’ सोमवार करोड क्लबमा प्रवेश गरेको हो । यो ग...
तिहार सुरु भएसँगै विशेष गीतहरू गुन्जिन थालिसकेका छन् । सर्जकहरूले तिहारलक्षित गरेर बर्सेनि थुप्रै गीतहरू ल्याउँदै आएका छन् । यद्यपि, पुराना गीतहरूजस्तो लोकप्रियता नयाँले पाउन सकेका छैनन् । तिहारका केही सदाबहार...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
बलिउड अभिनेता रणवीर कपूरले नेपाली गायिका मेनुका पौडेलको पाउ छोएका छन् । भारतमा जारी इन्डियन आइडलको पछिल्लो एपिसोडमा रणवीरले मेनुकालाई ‘संगीतकी देवी’ भनेर प्रशंसा गर्दै पाउ छोएको भिड...
देउरालीमा धजा रिमै मन उतै नजा, भनेकै मान्दैन सालैजो... गायक एवं सर्जक प्रकाश दूतराजको पछिल्लो गीत ‘रिमै...’ केही दिनयता निकै चर्चामा छ । विगतमा जस्तै यस गीतबाट पनि उनले स्रोता ए...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...