काठमाडौं, ५ असोज— प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनको मतपरिणाम धमाधम आउन थालेको छ । बिहिबार बिहान ७ : ४० बजेसम्म ८ स्थानीय तहको नतिजा आएको छ ।
जसमा एमाले तीन, राजपा, कांग्रेस, माओवादी केन्द्र , फोरम र फोरम लोकतान्त्रिक एक—एक स्थानीय तहमा विजयी भएका छन् ।
नेकपा एमालेले पर्सा, धनुसा र सप्तरीको एक—एक स्थानीय तह जितेको छ । एमालेबाट पर्साको पटेर्वा सुगौली गाउँपालिका अध्यक्षमा हरिनारायण चौधरी, धनुषाको बटेश्वर गाउँपालिका अध्यक्षमा डम्बरबहादुर राउत र सप्तरीको सप्तकोशी नगरपालिका मेयरमा उत्तम गौतम विजयी भएका हुन् ।

यस्तै धनुषाको हंसपुर नगरपालिका मेयमा राजपाका रामज्ञान मण्डल विजयी भए भने रौतहटको परोहा नगरपालिका मेयरमा कांग्रेसका शेख वकिल विजयी भए ।
यस्तै सिरहाको कर्जन्हा नगरपालिका मेयरमा माओवादीका गंगा पासवान विजयी हुँदा सर्लाहीको विष्णु गाउँपालिका अध्यक्षमा फोरम लोकतान्त्रिकका जवाहरलाल यावद विजयी भए ।
यस्तै उपप्रमुख तर्फ एमालेबाट धनुषाको बटेश्वर गाउँपालिकामा डम्बरबहादुर राउत र सप्तरीको सप्तकोशी नगरपालिकामा आशा चौधरी विजयी भए ।
उपमेयरमै धनुषाको हंसपुर नगरपालिकामा राजपाकी रेणु झा विजयी हुँदा पर्साको पटेर्वा सुगौली गाउँपालिकामा ममता चौधरी र रौतहटको परोहा नगरपालिकामा सुगन्धी गिरी कांग्रेसबाट विजयी भए ।
यस्तै सिरहाको कर्जन्हा नगरपालिका माओवादीकी ज्ञानुकुमारी श्रेष्ठ उपमेयर बन्दा फोरम लोकतान्त्रिकबाट सर्लाहीको विष्णु गाउँपालिकामा उषा देवी उपप्रमुख बनिन् ।
यसैबीच सिरहाको विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ ।
गएराति सम्पन्न भएको मतपरिणामअनुसार विष्णुपुर गाउँपालिकाको प्रमुखमा फोरम नेपालका उम्मेदवार जागेश्वर यादव एक हजार ९४० मत प्राप्त गरी विजयी भएका हुन् |
त्यस्तै, सो गाउँपालिकाको उपप्रमुखमा संघीय फोरम नेपालकी अरहुलादेवी सिंहले दुईहजार सात मत प्राप्त गरी विजयी भइन् । उ