मंसिर ५, २०८०
यही मंसिर २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘दुई कदम’को एक गीतको छायाँकन महँगो खर्च गरेर काठमाडौंको एक क्लबमा गरिएको छ । ठमेलस्थित ‘टेन एक्स’ क्लबमा ‘ए मेरा बाबै नी...&r...
काठमाडाैं | असोज ९, २०८०
बडा दशैँको अवसर पारेर यही असोजको २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी–२’ले प्रदर्शन अनुमति प्राप्त गरेको छ । केन्द्रीय चलचित्र जाँच समितिले नारायण रायमाझी निर्देशित मल्टिस्टारर ‘परदेशी–२’लाई प्रदर्शन गर्न स्वीकृति प्रदान गरेको हो ।
प्रदर्शनको झन्डै ३ साताअघि आइतवार साँझ चलचित्रको सेन्सर गराइएको हो ।
सेन्सर बोर्डले चलचित्रमा समावेश कुनै पनि दृश्य र संवादमा कैंची चलाएको छैन । सेन्सर बोर्डका पदाधिकारीले चलचित्र हेरेपछि खुलेर प्रशंसा गरेका थिए ।
मौलिक कथामा चलचित्र बनेको भन्दै आफूहरूले शुभकामना पाएको निर्माता राजेश वंशलले बताए ।
‘देशको जल्दोबल्दो कथा रहेछ । प्रत्येक घर–घरको कथा रहेछ भन्दै तारिफ गर्नुभयो’ निर्माता वंशलले भने, ‘मौलिक कथामा मन छुने चलचित्र बनेको रहेछ । चलचित्र हेरेर मज्जा आयो । यस्तो चलचित्रहरू चल्छ भनेर शुभकामना दिनुभयो ।’
चलचित्रको तर्फबाट निर्माता वंशलसहित अभिनेत्री वर्षा सिवाकोटीसमेत सेन्सरमा सहभागी थिइन् ।
सेन्सरका क्रममा पाएको प्रतिक्रियाले थप उत्साहित बनाएको निर्माता वंशलले बताए ।
चलचित्रका निर्देशक नारायण रायमाझी, कलाकारहरू अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीलगायतको टिम यतिबेला देश दौडाहामा छ । मंगलवार र बुधवार बुटवलमा रहने टिम पोखरा हुँदै केही दिनमा काठमाडौं फर्किनेछ ।
युवापुस्तामा बढ्दो विदेश मोहको कथामा आधारित चलचित्रलाई रमेश बिजीले लेखेका हुन् ।
प्रकाश, केकी र वर्षाका साथमा चलचित्रमा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।
यही मंसिर २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘दुई कदम’को एक गीतको छायाँकन महँगो खर्च गरेर काठमाडौंको एक क्लबमा गरिएको छ । ठमेलस्थित ‘टेन एक्स’ क्लबमा ‘ए मेरा बाबै नी...&r...
यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...
हलमा सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रको रेकर्ड राखेको ‘कबड्डी ४’ले युट्युबमा पनि निकै लोभलाग्दो भ्युज पाइरहेको छ । युट्युबमा सार्वजनिक भएको तीन सातामै यो चलचित्रले एक करोड बढी भ्युज पाइस...
नेपाली साङ्गीतिक क्षेत्रका हिट गायक हुन् प्रकाश सपूत । उनले हरेक गीतबाट स्रोता दर्शकको अद्भूत माया पाउँदै आएका छन् । ‘बोलमाया’देखि ‘सकम्बरी’सम्म आउँदा प्रकाशले अधिकांश गीतबाट लोभल...
गत वैशाखमा अभिनेता दयाहाङ राईका दुईवटा चलचित्र एकैदिनबाट प्रदर्शनमा आएका थिए । उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘बिहे पास’ वैशाख १ मा प्रदर्शन भएका थिए । यी दुईमा ‘...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...