मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले फुटपाथ व्यवसायीको पक्षमा धर्नामा बसिरहेका अभियन्ता ईःलाई सम्बोधन गर्दै नेताहरूप्रति आक्रोश पोखेका छन् ।
उनले बुधवार सामाजिक सञ्जालमार्फत ईःको आन्दोलनमा समर्थन जनाउने नेताहरूको नामै किटेर आक्रोश पाखेका हुन् ।
मेयर बालेनले एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस महामन्त्री गगन थापा, नेसपाका अध्यक्ष डा बाबुराम भट्टराई, राप्रपा नेपालका कमल थापा र रास्पवाका नेता स्वर्निम वाग्लेलगायतले ईःलाई गरेको समर्थनमा आफूले बेइमानी देखेको बताएका छन् ।
‘जहाँसम्म केपी ओली, बाबुराम भट्टराई, कमल थापा, गगन थापा , स्वर्निम वाग्ले लगायतको उपस्थिति र जायज मागहरू पूरा गर्नुपर्ने भन्ने तर्क छ, त्यसमा हामी राजनैतिक बेइमानी देख्छौँ,’ उनले फेसबुकमा लेखेका छन् ।
मेयर बालेनले ती नेताहरू शक्ति केन्द्रमा बारम्बार रहँदा पनि नियम नबनाएको र अहिले सस्तो लोकप्रियताका लागि ईःको समर्थनमा देखिएको भन्दै आक्रोश पाखेका छन् ।
‘उहाँहरू नियम बनाउने ठाउँमा हुनुहुन्छ, तर खोइ त्योबारेमा स्पष्ट नियम बनाउनु भएको ? खोइ त्यो बारेमा प्रयत्न गर्नु भएको ? सस्तो लोकप्रियताका लागि जायज माग पूरा गर भन्ने सतही कुरा गरी तर्क दिनुभयो, तर यो माग जायज र यो नाजायज भनेर उहाँहरूले खोइ छुट्याउनु भएको ?, उनले प्रश्न गरेका छन्, ‘तीजायज मागहरू पूरा गर्न नसकिने ऐन कानून बनाउने उहाँहरू नै हुनुहुन्थ्यो त । त्यति बेला उहाँले अहिले रहेको वैधानिक प्रावधानका विरुद्धमा नोट अफ डिसेन्ट खोइ लेख्नु भएको ? । त्यसो होइन भने उहाँहरूले त्यो प्रावधानका बारेमा बुझाउनु पथ्र्यो । तर त्यसो गर्नु भएन । कानूनी प्रावधान सहिी नलागे संशोधन गर्न पाउने अधिकार भएका मानिसमा उहाँहरु पनि पर्नु हुन्छ, खोइ त्यसको लागि पहल गर्नु भएको ?’
अभियन्ता ईःलाई सम्बोधन गर्दै मेयर बालेनले दुवैजना वार्ता बसौँ भन्दा नबसेको भन्दै गुनासो गरेका छन् ।
‘हामीलाई थाहा छ, तपाई कोहीबाट परिचालित अथवा कुनै पार्टीबाट प्रायोजित हुनुहुन्न । कसैले यस्तो भने पनि हामी पत्याउँदैनौँ । तपाईंले उठाएका मागहरूलाई तपाईं परिचालित हो भनेर पन्छाउन चाहन्नौँ । तर तपाईं जे कुराका लागि उभिनुभएको छ, त्यसका लागि एउटा सूचनाको हक प्रयोग गरेर पत्र दिएको भए पनि प्राप्त हुन्थ्यो,’ उनले लेखेका छन्, ‘तपाईंले त्यो संस्थागत बाटो नसमात्नुमा भने दुःख लागेको छ । दुवैजना वार्ता बसौँ न भन्दा पनि मान्नु भएन । ठीकै छ, तपाईंको इच्छा भनेर त्यसका लागि पनि कुनै दुर्भावना वा अहम राख्ने कुरा हुन्न ।’
फुटपाथ व्यवसायीको पक्षमा ईः ९ दिनदेखि महानगरको कार्यालय रहेको राष्ट्रिय सभागृहअगाडि धर्ना बसिरहेका छन् ।
उनको समर्थनमा एमाले अध्यक्ष ओली, कांग्रेस महामन्त्री गगन, नेसपाका अध्यक्ष भट्टराई, राप्रपा नेपालका कमल थापा र रास्पवाका नेता वाग्लेलगायतले समर्थन जनाएका थिए । कसैले भेटेरै त कसैले सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट समर्थन जनाएका थिए ।
यस्तो छ बालेनको पूरा भनाइः
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संवैधानिक अधिकार प्रदेशलाई दिनुपर्ने बताएका छन् । न्यू सृष्टि दैनिकका प्रधान सम्पादक शङ्कर खरेलद्वारा लिखित ॐ तृप्यन्ताम् लघुकथा सङ्ग्रहको शनिवार विमोचन गर्दै ...
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै चाड–पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्ताको धरोहर भएको बताएका छन् । छठ पर्वका अवसरमा आयतबार शुभकामना व्यक्त गर्दै उनले चा...
नेकपा एमालेका युवा नेता महेश बस्नेतले टिकटक बन्द गर्ने सरकारी निर्णयको स्वागत गरेका छन् । साथै, उनले युट्युबलगायत अन्य सामाजिक सञ्जाललाई पनि नियमन गर्न माग गरेका छन् । 'नेपालमा टिकटक ब्यान्ड गर्ने सरका...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...