२६ जेठ २०८३, मंगलबार
प्रधानमन्त्रीको शुभकामना

इन्द्रजात्रा सबैभन्दा पुरानो र रोमाञ्चक पर्वः प्रधानमन्त्री प्रचण्ड

समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास
असोज ११, २०८०
काठमाडौं
इन्द्रजात्रा सबैभन्दा पुरानो र रोमाञ्चक पर्वः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका ऐतिहासिक एवं सांस्कृतिक पर्वहरूमध्ये इन्द्रजात्रा सबैभन्दा पुरानो र रोमाञ्चक पर्व रहेको बताएका छन् । इन्द्रजात्राको अवसरमा उनले आज शुभकामना दिँदै यस्तो बताएका हुन् ।

‘मुख्यतः काठमाडौं उपत्यकासहित अन्य विविध स्थानमा मनाइने इन्द्रजात्रा पर्व परम्पराकालदेखि मनाउँदै आइएको ऐतिहासिक सांस्कृतिक पर्व हो,’ शुभकामना सन्देशमा उनले भनेका छन्, ‘वर्षा र सहकालका इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने यो जात्रा लिंगो (ध्वजा) स्थापना एवं विविध धार्मिक तथा सांस्कृतिक कर्महरूसहित धुमधामपूर्वक मनाइन्छ । नेपालका ऐतिहासिक एवं सांस्कृतिक पर्वहरूमध्ये यो पर्व सबैभन्दा पूरानो एवं रोमाञ्चक पर्वसमेत मानिन्छ ।’

प्रधानमन्त्री प्रचण्डले हाम्रो विविधताप्रति गौरवसहित धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार रहेको पनि बताएका छन् ।

इन्द्रजात्रा पर्वले संविधानको सुदृढीकरण, राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी अन्तर्घुलन कायम गर्दै समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न थप प्रेरणा प्रदान गर्ने उनले विश्वास लिएका छन् ।

‘संविधानको सुदृढीकरण, राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी अन्तर्घुलन कायम गर्दै समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न थप प्रेरणा प्रदान गर्ने विश्वासहित इन्द्रजात्राको अवसरमा सम्पूर्ण नेपालीहरूमा फेरि एकपटक शुभकामना व्यक्त गर्दछु,’ सन्देशमा भनिएको छ । 

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । 

प्रधानमन्त्री प्रचण्ड यतिबेला चीन भ्रमणमा छन् । आज उनी कैलाश पर्वत र मानसरोवर जाँदैछन् । चीनको औपचारिक भ्रमणमा रहेका उनी बुधवार तिब्बतको ल्हासा गएका थिए । त्यहीँबाट इन्द्रजात्राको शुभकामना दिएका हुन् ।

यस्तो छ प्रधानमन्त्रीको शुभकामना सन्देशः 

 


 

salt training

कमेन्ट गर्नुहोस्