२६ जेठ २०८३, मंगलबार

एमाले बागमतीमा निर्विरोध भएका यी हुन् तीन पद

असोज ११, २०८०
काठमाडौं
एमाले बागमतीमा निर्विरोध भएका यी हुन् तीन पद

एमाले बागमतीमा तीन सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

२४५ पदका लागि निर्वाचन हुँदै गर्दा मजदुर क्लस्टरतर्फ तीन सदस्य निर्विरोध भएका हुन् । यो पदमा एकभन्दा बढीको उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध भएका हुन् ।  

यसरी निर्विरोध हुनेमा जिफन्ट बागमती प्रदेश उपाध्यक्षमा अर्जुन अर्याल (मकवानपुर), जिफन्ट राष्ट्रिय कमिटी सचिवमा तारानिधि पन्त (काभ्रे) छन् । त्यस्तै जिफन्ट पूर्व उपमहासचिव गीता कार्की (मकवानपुर) छन् ।

उम्मेदवारको अन्तिम सूची सार्वजनिक भएपछि साँझ ६ बजेबाट मतदान हुने बताइएको छ । 

अब २४२ पदमा निर्वाचन हुनेछ । 

अध्यक्षका लागि पाँच नेताको उम्मेदवारी परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्