×

पाकिस्तानको एक टीभी संवादमा दुई नेताबीच कुटाकुटः एकले हाने थप्पड, अर्काले ठेलेर लडाएर लात्तीले भकुरे

काठमाडाैं | असोज १२, २०८०

पाकिस्तानको एक टीभीको राजनीतिक संवाद कार्यक्रममा दुई पार्टीका नेताबीच कुटाकुट भएको छ ।

पूर्वप्रधानमन्त्रीद्वय इमरान खान अध्यक्ष रहेको तेहरिक–ए–इन्साफ (पीटीआई) र शहवाज शरिफ नेतृत्वको पाकिस्तानी मुस्लिम लिग नवाज (पीएमएलएन)का नेताबीच कुटाकुट भएको हो ।


Advertisment

एक्सप्रेस टीभीको ‘कल तक’ कार्यक्रममा विवाद भएपछि पहिले पीटीआईका वकिलसमेत रहेका नेता शेर अफजल खान मर्वतले पीएमएलएनका नेता डा अफनान उल्लाह खानमाथि थप्पड हानेका थिए ।


Advertisment

मर्वतले उठेर बसिरहेका खानमाथि जगट्याउँदै थप्पड बर्साए । त्यसको प्रतिकारमा खानले मर्वतलाई ठलेर लडाएका थिए । त्यसपछि होस्ट जाबेद चौधरीले छुट्याउन आइरहेको भिडियोमा देख्न सकिन्छ, जो अहिले सामाजिक सञ्जालमा छाइरहेको छ ।

दुवै नेताले एक–अर्कालाई आफ्नो पार्टीका ठूला नेताको ‘तलुवा चटुवा’ भन्दै आरोप लगाएका थिए । 

यही क्रममा पीएमएलएनका सांसदसमेत रहेका खानले पीटीआई अध्यक्ष इमरान खानलाई सैन्य अधिकारीसँग गोप्य वार्ता तथा दुष्कर्म गरेको आरोप लगाउन थाले ।

यसपछि दुवै नेता एक–अर्काको परिवारलाई नै जोड्दै विवाद गरेका थिए ।

खान व्यक्तिगत विषयमा धेरै नै प्रवेश गरेपछि मार्वतले रिस थाम्न सकेनन् र उनीमाथि जाइलागे । मार्वतले टाउको र गालामा थप्पड हानेपछि खानले पनि सहन सकेनन् र परसम्म ठेलेर लडाए, अनि थप्पडसँगै लात्तीलेसम्म भकुर्न भ्याए ।  

  
 

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

जेठ ८, २०८१

न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x