×

एमाले बागमती प्रदेश अधिशेवन

एमाले बागमतीको चुनावमा अघोषित प्यानल, कुन समूहबाट को–को उम्मेदवार ?

काठमाडाैं | असोज १२, २०८०

NTC
Premier Steels
Marvel

प्यानल बनाए उम्मेदवारी नै खारेज गर्ने अध्यक्ष केपी शर्मा ओलीको चेतावनीबीच एमाले बागमती प्रदेश कमिटीमा प्यानलगत प्रतिस्पर्धा देखिएको छ ।

yONNEX
Sagarmatha Cement

सहमति जुटाउने भन्दै चार दिनसम्म अड्काए पनि अध्यक्षका उम्मेदवारद्वय कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल तयार नभएपछि अन्ततः निर्वाचन भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जारी निर्वाचनमा अध्यक्षद्वयले पदाधिकारीमा अघोषित प्यानल खडा गरेका हुन् । 


Advertisment

मकवानपुरका दाहालको प्यानलबाट उपाध्यक्षमा नुवाकोटका नारायणप्रसाद खतिवडा छन् । उनी नुवाकोट– २ का पूर्व सांसद समेत हुन् ।

Vianet communication
Laxmi Bank

सचिवमा ललितपुरका नवराज सिलवाल उम्मेदवारका रूपमा खडा भएका छन् । सचिवमा दुईजनाको मात्रै उम्मेदवारी परेको छ । उपसचिवमा दाहालतर्फ खुलामा खड्गबहादुर खड्का (सिन्धुली र महिलामा भक्तकुमारी लामा (काभ्रे) छन् । 

दाहाललाई शुरूमा गोकुल बाँस्कोटाले र ढुंगेललाई महेश बस्नेतले अगाडि सारेको बताइएको थियो । अध्यक्ष ओलीले दाहालको उम्मेदवारी फिर्ता गराएर ढुंगेललाई सर्वसम्मत बनाउन निकै कसरत गरे पनि सफल भएनन् । 

ओलीले दाहालको लाइनबाट पछाडि फर्किन बाँस्कोटालाई तयार पारेको बताइन्छ । बाँस्कोटाले त्यसको संकेत शुक्रवार बिहान फेसबूकमार्फत गरेका छन् ।

'मेरो आधिकारिक व्याख्याता म मात्र हुँ, अरू होइन। र, फाइनल्ली भन्छु– म धागो छिनेको चंगा होइन ।'

उनले सामाजिक सञ्जालमा यस्तो लेख्नुलाई अध्यक्ष केपी ओलीकै लाइनमा छु भनेको रूपमा बुझ्नुपर्ने व्याख्या नेताहरूले गरिरहेका छन् ।

‘उहाँको कुरा सहजै बुझिँदैन, तर संस्थापनकै लाइनमा छु भन्ने सन्देश सामाजिक सञ्जालमार्फत दिनुभएको हो कि भन्ने लाग्छ,’ बाँस्कोटा निकटका एक नेताले भने, ‘तर काभ्रे जिल्लाको हकमा निर्देशन नै दिएर उम्मेदवार विशेषको पक्षमा मत हाल्न भनिएको छैन । जसले पाए पनि एमाले उम्मेदवारले नै पाउने भन्ने सन्देश छ ।’

यता अध्यक्ष केपी ओली पक्षधर उम्मेदवार भनेर चर्चा गरिएका ढुंगेलको तर्फबाट उपाध्यक्षमा दावा दोर्जे लामा उम्मेदवार छन् । उनी बागमती प्रदेशका पूर्वमन्त्री पनि हुन् । सचिवमा यो समूहबाट सिन्धुपाल्चोकका हस्त पण्डित अगाडि सारिएका छन् । 

उपसचिव खुलामा ललितपुरका प्रेमबहादुर महर्जन र महिलामा काभ्रेकी गीता गौतम ढकाल चुनावी मैदानमा छिन् । यो पदमा महिलामा दुईजनाको मात्रै उम्मेदवारी परेको छ । तर, खुलामा पनि ९ जना प्रतिस्पर्धामा छन् । 

काठमाडौंपछि ११५ बढी मतका साथ दोस्रो र निर्णायक मत भएकाले दुवै समूहले काभ्रेलाई उपसचिवको उम्मेदवार दिएको हुन सक्ने एक नेता बताउँछन् । 

पूर्व १० भाइको मत पनि निर्णायक रहेको एमालेमा अहिलेसम्म अध्यक्ष केपी ओलीको मात्रै लाइन देखिएको थियो । तर, निर्वाचन हुने भएपछि दोस्रो र तेस्रो तहका नेता पनि विभाजित भइरहेका छन् । यस्तै विभाजित मानसिकतामा पछि एमालेमा मिसिएका पूर्व १० भाइ निकटको मत भने दाहालको पक्षमा जाने बताइन्छ । यो समूहबाट बागमतीमा उपाध्यक्ष सुरेन्द्र पाण्डेले साढे दुई सयभन्दा बढी मत प्रभावित पार्न सक्ने बताइन्छ । 

संस्थापनका हिसाबले ढुंगेल बलियो उम्मेदवारको रूपमा प्रस्तुत भए पनि पार्टीमा परिवर्तनको पक्षधर समूहले दाहाललाई सघाउने देखिएको छ ।

‘देखिनलाई अध्यक्ष ओलीको लाइन र उनी निकटका नेताले ढुंगेललाई समर्थन गरेको जस्तो देखिन्छ,’ एक नेता भन्छन्, ‘तर पहिल्यै कित्ता क्लियर भएको भए दाहालले उम्मेदवारीलाई कायम गराइराख्नुहुन्थेन । केही न केही नेताको साथ पाएरै उहाँ अन्तिमसम्मै उम्मेदवारी कायम राख्नेमा पुग्नुभयो । पार्टीको आन्तरिक गोप्य चुनाव हो । हेरौं, नतिजा जे पनि हुन सक्छ ।’ 

अध्यक्षका उम्मेदवार दाहालले भने प्रतिस्पर्धासम्म पुर्‍याउन सक्नुलाई नै ठूलो उपलब्धि मानेको उनी निकटका एक नेताले बताए ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य गुमाए । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाए । आमा सितली, भाउजू क...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x