नेपाल प्रहरीले पाँच केजी चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरूलाई शनिवार काठमाडौंबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिकाका ३२ वर्षीय गोविन्द तामाङ र २७ वर्षका मुस्कान लामा रहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई काठमाडौं महानगरपालिका वडा नं.१६ कालधारास्थितमा प्रहरी बृत लैनचौरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट पाँच केजी चरेशसँगै सात थान एटीएम कार्ड, नौ हजार रुपैयाँ र २२० सीसीको पल्सर मोटरसाइकल पनि मरामद भएको छ ।