कात्तिक १७, २०८०
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
काठमाडाैं | असोज १५, २०८०
भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक भीभीएस लक्ष्मणले एसियाली खेलकुद आफ्ना खेलाडीका लागि ठूलो अवसर र गर्वको विषय भएको बताएका छन् ।
नेपालविरुद्ध उत्रनुअघिको पूर्वसन्ध्यामा सोमवार भारतकाे एक सञ्चारमाध्यमसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
‘एसियाली खेलकुदमा भाग लिन पाउनु आफैँमा एउटा ठूलो अवसर हो । गर्वको विषय हो,’ आफ्ना खेलाडीप्रति लक्षित गर्दै उनले भने ।
चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा भारतले मंगलवार नेपालसँग खेल्दैछ । सोमवार भएको ‘ड्र’बाट नेपाल र भारतको भेट क्वार्टरफाइनलमा पक्का भएको हो ।
नेपाल र भारतबीचको खेल मंगलवार बिहान हुनेछ । नेपालले हालैमात्र एसिया कपमा भारतको पहिलो रोजाइको टोलीसँग खेलेको थियो । एसियाली खेलकुदमा भने भारतले कप्तान रोहित शर्मा, विराट कोहलीजस्ता खेलाडीलाई पठाएको छैन । तर, रुतुराज गाइक्वाडको कप्तानीमा रहेको भारतीय टोलीमा राष्ट्रिय टीमको अनुभव प्राप्त थुप्रै खेलाडी समावेश छन् । इन्डियन प्रिमियर लिग (आईपीएल)मा शानदार प्रदर्शन गरेका खेलाडीहरू यसमा अटाएका छन् ।
प्रशिक्षकमा पनि भारतले राहुद द्रबिडको सट्टा लक्ष्मणलाई पठाएको छ ।
नेपालले समूह चरणमा मंगोलियालाई २७३ र माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
नेपालसँगै अफगानिस्तान, हङकङ र मलेसिया समूह चरण पार गर्दै क्वार्टरफाइनलमा पुगेका हुन् । भारत, श्रीलंका, बंगलादेश र श्रीलंकाले सोझै क्वार्टरफाइनलमा स्थान पाएका थिए ।
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधिको छिनोफानो आज (आइतबार) हुँदैछ । छनोटको फाइनलमा नेपालले आज ओमानको सामना गर्दै छ । दुई देशबीचको खेल ११ बजे बिहान टीयू क्रिकेट मैदानमा शुरू हुनेछ ।&nb...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...