कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
काठमाडाैं | असोज १७, २०८०
गुवाहाटी–भारतको सुदूर उत्तरपूर्वी क्षेत्रमा यस वर्ष अवैध बालविवाहविरुद्ध सरकारले गरेको दोस्रो कारबाहीका क्रममा यो बर्ष एक हजारभन्दा बढी मानिस पक्राउ परेका मङ्गलवार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार भारतमा २२ करोडभन्दा बढी बालदुलही छन् , यद्यपि, यो शताब्दीमा भारतमा बालविवाहको सङ्ख्यामा नाटकीय रूपमा कमी आएको देखिन्छ ।
आसाम राज्यले गत फेब्रुअरीमा चार हजार जनालाई पक्राउ गरिसकेको थियो, जसमा विवाहित दम्पतीका आमाबाबु र कम उमेरका विवाहमा हस्ताक्षर गर्ने रजिष्ट्रारहरू पनि सामेल थिए ।
राज्यका मुख्यमन्त्री हिमन्त बिस्वा शर्माले प्रहरीले बालविवाहविरूद्धको अभियानको दोस्रो चरण मङ्गलबार शुरू गरेको छ ।
राज्यका मुख्यमन्त्री हिमन्त बिस्वा शर्माको अभियानअन्तर्गत प्रहरीले बालविवाहविरूद्धको अभियानको दोस्रो चरण मङ्गलबार शुरू गरेको छ ।
उनले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा लेखेका छन्, ‘पक्राउ पर्नेको सङ्ख्या अहिले एक हजार ३९ पुगेको छ । यो सङ्ख्या अझै बढ्न सक्ने सम्भावना छ।’
सन् २०२६ सम्ममा आफ्नो राज्यमा बालविवाहलाई पूर्णरूपमा अन्त्य गर्ने योजनासहित प्रशासनले नयाँ अभियान चलाएको शर्माले बताए ।
भारतमा १८ बर्षभन्दा माथिको विवाहलाई कानूनी विवाहको मान्यता दिइएको छ तर विशेष गरी गरीब ग्रामीण क्षेत्रहरूमा लाखौं बालबालिका वैवाहिक बन्धनमा बाँधिन बाध्य छन् । थुप्रै आमाबाबुले आफ्नो आर्थिक सुरक्षा सुधार्ने आशामा आफ्ना छोराछोरीको कम उमेरमा नै विवाह गरिदिन्छन् ।
बालविवाह हुँदा खास गरी केटीहरूले आफ्नो विवाहपछिको घरमा परिवारका लागि खाना पकाउन, घरको सरसफाई र अन्य घरेलु कामकाजका लागि विद्यालय छोड्छन् । यसको परिणाम विनाशकारी हुन सक्छ, किनकि र सानै उमेरमा विवाह गरेर विद्यालय छोड्दा उनीहरूले शैक्षिक ज्ञान आर्जन गर्न सक्दैनन् र सानो उमेरमा बच्चा जन्माउँदा स्वास्थ्य समस्याहरू पनि भोग्ने गरेका प्रशस्तै उदाहरण पनि देख्न सकिन्छ ।
सन् २०१७ को एक ऐतिहासिक फैसलामा भारतको सर्वोच्च अदालतले बाल विवाहलाई दुरूत्साहन गर्न कम उमेरकी श्रीमतीसँग यौन सम्बन्ध राख्नु पनि बलात्कार भएको फैसला सुनाएको थियो । तर फैसलालाई भारतका अधिकांश पहाडी क्षेत्रमा व्यवहारिक रूपमा कार्यान्वयनमा ल्याउन सकिएको देखिँदैन ।
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय (यूएनआरडब्लुए) का प्रमुखले गाजामा जारी युद्धमा आफ्ना १०० भन्दा बढी कर्मचारीको मृत्यु भएको शुक्रबार बताएका छन् । “यूएनआरडब्लूएका अभिभावक...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...