२६ जेठ २०८३, मंगलबार

भारतमा बालविवाहसम्बन्धी मुद्दामा हजारभन्दा बढी मानिस पक्राउ

असोज १७, २०८०
काठमाडौं
भारतमा बालविवाहसम्बन्धी मुद्दामा हजारभन्दा बढी मानिस पक्राउ

गुवाहाटी–भारतको सुदूर उत्तरपूर्वी क्षेत्रमा यस वर्ष अवैध बालविवाहविरुद्ध सरकारले गरेको दोस्रो कारबाहीका क्रममा यो बर्ष एक हजारभन्दा बढी मानिस पक्राउ परेका मङ्गलवार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ । 

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार भारतमा २२ करोडभन्दा बढी बालदुलही छन् , यद्यपि, यो शताब्दीमा भारतमा बालविवाहको सङ्ख्यामा नाटकीय रूपमा कमी आएको देखिन्छ ।

आसाम राज्यले गत फेब्रुअरीमा चार हजार जनालाई पक्राउ गरिसकेको थियो, जसमा विवाहित दम्पतीका आमाबाबु र कम उमेरका विवाहमा हस्ताक्षर गर्ने रजिष्ट्रारहरू पनि सामेल थिए ।

राज्यका मुख्यमन्त्री हिमन्त बिस्वा शर्माले प्रहरीले बालविवाहविरूद्धको अभियानको दोस्रो चरण मङ्गलबार शुरू गरेको छ ।

राज्यका मुख्यमन्त्री हिमन्त बिस्वा शर्माको अभियानअन्तर्गत प्रहरीले बालविवाहविरूद्धको अभियानको दोस्रो चरण मङ्गलबार शुरू गरेको छ । 

उनले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा लेखेका छन्, ‘पक्राउ पर्नेको सङ्ख्या अहिले एक हजार ३९ पुगेको छ । यो सङ्ख्या अझै बढ्न सक्ने सम्भावना छ।’

सन् २०२६ सम्ममा आफ्नो राज्यमा बालविवाहलाई पूर्णरूपमा अन्त्य गर्ने योजनासहित प्रशासनले नयाँ अभियान चलाएको शर्माले बताए । 

भारतमा १८ बर्षभन्दा माथिको विवाहलाई कानूनी विवाहको मान्यता दिइएको छ तर विशेष गरी गरीब ग्रामीण क्षेत्रहरूमा लाखौं बालबालिका वैवाहिक बन्धनमा बाँधिन बाध्य छन् । थुप्रै आमाबाबुले आफ्नो आर्थिक सुरक्षा सुधार्ने आशामा आफ्ना छोराछोरीको कम उमेरमा नै विवाह गरिदिन्छन् ।  

बालविवाह हुँदा खास गरी केटीहरूले आफ्नो विवाहपछिको घरमा परिवारका लागि खाना पकाउन, घरको सरसफाई र अन्य घरेलु कामकाजका लागि विद्यालय छोड्छन् । यसको परिणाम विनाशकारी हुन सक्छ, किनकि र सानै उमेरमा विवाह गरेर विद्यालय छोड्दा उनीहरूले शैक्षिक ज्ञान आर्जन गर्न सक्दैनन् र सानो उमेरमा बच्चा जन्माउँदा स्वास्थ्य समस्याहरू पनि भोग्ने गरेका प्रशस्तै उदाहरण पनि देख्न सकिन्छ ।

सन् २०१७ को एक ऐतिहासिक फैसलामा भारतको सर्वोच्च अदालतले बाल विवाहलाई दुरूत्साहन गर्न कम उमेरकी श्रीमतीसँग यौन सम्बन्ध राख्नु पनि बलात्कार भएको फैसला सुनाएको थियो । तर फैसलालाई भारतका अधिकांश पहाडी क्षेत्रमा व्यवहारिक रूपमा कार्यान्वयनमा ल्याउन सकिएको देखिँदैन ।
 

salt training

कमेन्ट गर्नुहोस्