२७ जेठ २०८३, बुधबार

ढल्दै कांग्रेसको गढ, जनकपुमा कांग्रेसभन्दा राजपा तेब्बरले अगाडी

कात्तिक २०, २०७४
ढल्दै कांग्रेसको गढ, जनकपुमा कांग्रेसभन्दा राजपा तेब्बरले अगाडी

जनकपुरधाम ६ असोज– प्रदेश नम्बर २ को सम्भावित राजधानीको रुपमा प्रचारित जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टी राजपाले कांग्रेससंगको मतअन्तर बढाउँदै लगेको छ । कांग्रेसका प्रभावशाली नेता बिमलेन्द्र निधिको गृहजिल्ला धनुषामा कांग्रेस निरिह देखिएको छ ।

शुक्रवार मध्याह्नसम्मको नतिजा अनुसार जनपुरको मेयरका लागि राजपाका उम्मेदवार लालकिशोर साहले १० हजार ६२ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार मनोज कुमार साहले ३ हजार २ सय ४१ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार लक्ष्मीनारायण भगतले ९ सय ५४ मत प्राप्त गरेका छन् । कांग्रेसको गढ मानिने जनकपुरमा राजपाले जीत सुनिश्चित गर्दै लगेको विश्लेषण गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्