
काठमाडौं, ६ असोज — बलात्कारको दोषी ठहरिएका राम रहीम र उनकी प्रियपात्र हनीप्रीतको जीवनमाथि फिल्म बन्ने भएको छ । फिल्मको नाम ‘अब इन्साफ होगा’ रहनेछ ।

राखीले एक वेबसाइटसँग कुरा गर्दै एकचोटि राम रहीमले उनलाई होटेलमा बोलाएको बताइन् । होटेलको कोठामा पुग्दा उनले त्यहाँ भियाग्रा देखेको राखीको भनाइ छ ।
राम रहीमलाई आफूले वर्षौंदेखि चिनेको र हनीप्रीतसँगको उनको अफेयरका बारेमा थाहा पाएकाले आफू नै हनीप्रीतको भूमिकाका लागि उपयुक्त भएको उनी बताउँछिन् ।
राम रहीमको रहस्यमय गुफामा आफू एकचोटि पुगेको र त्यहाँको दृश्य देखेर तीनछक्क परेको राखी बताउँछिन् ।
एउटा बाबाका लागि यति धेरै सुविधा किन चाहियो भनी आफू छक्क परेको उनको भनाइ छ ।
राम रहीम र हनीप्रीतमाथिको फिल्म अहिले दिल्लीमा शूटिङ चलिरहेको छ ।
फिल्मको एउटा आइटम गीत हालै शूटिङ गरिएको थियो ।
फिल्मलाई राखीका दाइ राकेश सावन्तले निर्देशन गरेका हुन् । यसमा एजाज खान र सञ्जय नेगीले पनि काम गरिरहेका छन् ।
राखीका अनुसार, मानिसहरूलाई ढोंगी बाबाहरूप्रति अन्धभक्ति नदेखाउने सन्देश दिन फिल्म बनाइएको हो ।
एजेन्सी